Comments Add Comment

गोली लागेर एकको मृत्यु

२० माघ, रुपन्देही । रुपन्देहीको सैनामैनामा अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । सैनामैना १० रामापुर शान्तिटोल निवासी ३४ बर्षीय खगिश्वर काफ्लेको मृत्यु भएको हो ।

Rupandehiमोटरसाइकलमा सवार व्यक्तिहरुले काफ्ले माथि गोली चलाएका थिए ।  छातिमा गोलि लाग्दा गम्भिर घाइते भएकाकाफलेको लुम्बीनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिए ।

चिठि दिने नाममा राति करिब ८ बजेको समयमा मृतक काफ्लेलाई घरबाहिर बोलाए लगत्तै गोलि प्रहार भएको थियो ।  गोलि कसले र किन प्रहार गरेको भन्ने अझै खुल्न नसकेको  प्रहरी निरीक्षक खड्को भनाई छ ।

काफ्लेको श्रीमती सँगै ७ बर्षीय छोरी र ५ बर्षीय छोरा रहेका छन् । खगिश्वर बिगत ३ बर्ष अगाडी बैदेशिक रोजगारीबाट फर्के लगत्तै रामापुरमा गि्रल उद्योग सञ्चालन गरेको र हाल सो उद्योग समेत बन्द गरी पुनह बिदेश जाने तयारीमा रहेको स्थानीयको भनाइ रहेको छ ।
-गणेश पोखरेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment