Comments Add Comment

क्यानडा पठाउन लागिएको ९० किलो चरेससहित ५ जना पक्राउ

२० माघ, काठमाडौं । क्यानडा पठाउन लागेको ९० किलो चरेससहित ५ जना कपनबाट पक्राउ परेका छन् ।

charteshचरेस कारोबारी गिरोहले काठमाडौंको कपनस्थित एक घरमा चरेस संकलन गरेर राखिएको छ भन्न सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोले छापा मारेको थियो ।

प्रहरीले तनहुँका डीबी गुरुङसहित पाँच जनालाई पक्राउ गरेको छ । गुरुङले ९० किलो चरेस कुरियरमार्फत भारत हुँदै क्यानडा पठाउने तयारी गरेको पाइएको प्रहरीले बताएको छ ।

उनले धादिङ, मक्वानपुर लगाएतका जिल्लाहरुबाट चरेस संकलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment