Comments Add Comment

मधेसी मोर्चाका नेताहरुले भने-आन्दोलनको स्वरुप परिवर्तन हुन्छ

Morcha-leader

२० माघ, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरुले अब बस्ने बैठकले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका छन् ।

आन्दोलनले सबैभन्दा बढी तराई मधेसकै जनता पीडित बन्दै गएको भन्दै नेताहरुले मधेसी मोर्चाको आगामी बैठकले स्वरुप परिवर्तन गरेर नयाँ कार्यक्रम ल्याउने बताए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता राम नरेश रायले मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने विश्वास ब्यक्त गरे । उनले भने-हामीले सचिवालयमा आन्दोलन परिमार्जनको विषयमा पर्याप्त छलफल गरेका छौं । मोर्चाको बैठकमा हामी त्यो कुरा राख्छौं ।’

पाँच महिना लामो आन्दोलनलाई सरकारले नटेरेकोले पनि आन्दोलनको स्वरुप परिवर्तन आवश्यक भइसकेको भन्दै अबको आन्दोलनलाई उचाईमा पुर्याउन मधेस केन्द्रीत आन्दोलनलाई पहाड हिमालसम्म पुर्याउन आवश्यक रहेको तर्क गरे ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रीत हुने बताए ।

त्यसको लागि स्वरुप परिवर्तन आवश्यक भएको भन्दै उनले भने-अबको आन्दोलन सिंगो मुलुकमा बढाउँछौ । आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ ।’ यद्यपि उनले आमहड्तालको कार्यक्रम जारी रहेसम्म भने नाकाबन्दीको कार्यक्रम पनि यथावत रहने स्पष्ट पारे ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले आन्दोलनले मधेसी जनता सबै भन्दा पीडित मधेसी जनता नै भएकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको बताए । तर, यसका लागि आफूहरुले उठाएका जायज मागहरुको तत्काल सम्बोधन हुनु पर्ने उनले जिकिर गरे ।

मोर्चाका नेता विहार जानुलाई जायज र स्वभाविक भएको दाबी गर्दै सुमनले भने,’ पीडा पर्दा कुटुम्बको मा गइन्छ । आन्दोलनको विषयमा देश विदेशमा जानकारी गराउने मोर्चाको नीति अनुसार नै नेताहरु विहार जानु भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment