Comments Add Comment

नेपाली तेक्वान्दो प्रशिक्षक अमेरिकामा सम्मानित

samman२१ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापा अमेरिकाको सानफ्रान्सिकोमा सामुदायिक सेवा पुरस्कार २०१६ बाट सम्मानित भएका छन् ।

अमेरिकन ईण्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो वाषिर्कोत्वसको उपलक्ष्यमा समुदायमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्ने क्रममा थापा सम्मानित भएका हुन् ।

अमेरिकन इण्डियन पत्रिकाका सम्पादकले थापाले नेपाली समुदायका लागि मात्रै नभई अन्य मुलुकका बिभिन्न समुदायकालागि गरेको योगदानको चर्चा गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment