Comments Add Comment

एनसेलसँग कर असुल्न निर्देशन

Ncell-Logo

२२ माघ, काठमाडौं ।  मुख्यसचिव डा. सोमलाल सुवेदीले अर्थसचिव लोकदर्शन रेग्मीलाई एनसेल खरिदबिक्रीका विषयमा कर लगाउन भन्दै पत्राचार गरेका छन् । मुख्यसचिव सुवेदीले गत सोमबार अर्थसचिवलाई पत्र पठाउँदै राष्ट्रहितका विषयमा निर्णय लिन निर्देशन दिएका छन् ।

एनसेल खरिदबिक्रीका विषयमा विभागीय मन्त्री विष्णु पौडेल तथा सचिव रेग्मीले अहिलेसम्म केही धारणा बाहिर नल्याएको आजको अन्नपूर्णमा समाचार छ । एनसेल खरिदबिक्रीबारे विभिन्न खालकावषय बाहिर आएका छन, मुख्यसचिव सुवेदीको पत्रलाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘बिक्रीका विषयमा निर्णय गर्दा प्रचलित कानुनको पालना तथा राष्ट्रहितलाई प्रमुखताका साथ प्राथमिकता दिनुपर्नेछ । ‘

मुख्यसचिवको पत्रपछि एक्सिएटाले मागेखनुसारको पूर्वादेश जारी गर्न आन्तरिक राजस्व विभागलाई कठिन भएको छ । मुख्यसचिवले एनसेल खरिदबिक्रीका विषयमा राजस्व संकलन गराउने गरी कडा अडान लिएका छन्, अर्थमन्त्रलायलय स्रोतले भन्यो,-‘यसले गर्दा देशहित हुने गरी निर्णय हुने सम्भावना छ ।’ एनसेल खरिद बिक्रीका क्रममा न्यूनताम पनि ४० अर्ब रुपैयाँ सरकारी खातामा अआउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment