+
+

धनुषा घटनाको अनुसन्धान जिम्मा सिआइबीले लियो

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २४ गते १२:५४

२४ माघ, काठमाडौं । धनुषा बालाबाखर-४ का कांग्रेस नेता राजेन्द्र यादवको हत्याको सिआइबीले अनुसन्धान गर्ने भएको छ । स्थानिय प्रहरीले अनुसन्धान गरिरहे पनि घटनाको प्रकृति गम्भीर देखिएकाले अनुसन्धानको जिम्मा सिआइबीले लिएको हो ।

CIB Logoघटनाको अनुसन्धान गर्न आइतबार सिआइबीको अनुसन्धान टोली धनुषा गएको छ ।

स्थानीय कांग्रेस नेता यादवको शुक्रबार राति अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो भने शनिबार अज्ञात समूहले हानेको गोली लागेर नसिम राई घाइते भएका छन् ।

गोली प्रहार गर्ने समूहको पहिचान हुन सकेको छैन । तर, सिआइबीले अनुसन्धान टोली पठाइसकेको र हत्यामा संलग्न व्यक्ति पनि कारवाहीको दायरामा आउने सिआइबी प्रमुख डिआइजी हेमन्त मल्लले बताए ।

जन्तिबाट फर्किएका यादवको शुक्रबार राति अज्ञात समूहले प्रहार गरेको २ गोली लागेर मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?