Comments Add Comment

अर्थमन्त्री पौडेलले भारतीय परराष्ट्र र गृहमन्त्रीलाई भेटे

Bishnu-Paudel-With-SushmaSwaraj

२४ माघ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि पौडेल आइतबार विहान दिल्ली गएका थिए । उनले दिउँसो गृहमन्त्री सिंहलाई भेटेका छन् भने साँझ परराष्ट्रमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री स्वराजसँगको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र दुई देशको सम्वन्ध सुधारबारे छलफल भएको छ । भेटपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले तस्वीर ट्वीट गर्दै नेपालसँगको सम्वन्ध अघि बढ्दैछ भनेका छन् ।

अर्थमन्त्री पौडेलले संविधान संशोधन, बाँकी संवैधानिक मुद्धा र प्रधानमन्त्रीको भारत भ्रमणबारे बि्रफिङ गरेको उनले बताए । साथै पुननिर्माण सहयातबारे समेत छलफल भएको छ ।

यसअघि अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री सिंहलाई भेटेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए ।

अर्थमन्त्री पौडेलले भारथीय गृहमन्त्री सिंहसंगको भेटवार्तामा भारतले लगाएको नाकाबन्दी खुलेसंगै अव नेपालले भारतसंग आर्थिक सम्बृद्धि र विकासको मुद्धामा केन्द्रत रहेर नयाँ ढंगले सम्बन्ध बिस्तार गर्न चाहेको बताएको अर्थमन्त्रीका स्वकीय सचिव यमराज पण्डेले जानकारी दिए ।

भेटवार्तामा भूकम्प र नाकाबन्दीपछिको आर्थिक अवस्थाबारे कुराकानी भएको थियो । अर्थमन्त्री पौडेलले भूकम्पपछिको पूनःनिर्माणमा भारतको सहयोगको अपेक्षा गरेका थिए ।

जवाफमा भारतीय गृहमन्त्री सिंहले नेपालसंगको सम्बन्ध साथै बिकासको साझेदार बन्न भारत तयार रहेको प्रष्ट पार्नुभएको अर्थमन्त्रीका स्वकीय सचिव पाण्डेले जानकारी दिए ।

अर्थमन्त्री पौडेलले दिल्लीमा रहँदा भारतीय समकक्षी अरण जेट्ली लगायतसंग भेट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment