Comments Add Comment

दुई बालबालिकाको जलेर मृत्यु

२५ माघ, काठमाडौं । बर्दियाको पशुपतिनगर गाविस ६ झपै गाउँमा आगलागी हुँदा एकै घरमा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

Bardiya-Map-Finalभवानीप्रसाद न्यौपानेका ८ वर्षीय छोरा घनश्याम र ४ वर्षीया छोरी स्वष्तिकाको जलेर मृत्यु भएको हो ।

गएराति न्यौपानेको खुद्रा पसलमा गएराति आगलागी हुँदा उनीहरुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगोमा जलेर भवानीप्रसाद न्यौपानेकी श्रीमती कोपिला सामान्य घाइते भएकी छन् ।

-दीपक शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment