Comments Add Comment

कपिलवस्तुमा कांग्रेस कार्यकर्ताको गोली हानी हत्या

सलमान खान
२९ माघ, भैरहवा । कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसको एक कार्यकर्ताको गोली हानि हत्या गरिएको छ । बिहिवार सााझ मोटरसाइकलमा आएका दुई जना अपरचित व्यक्तिले गोली हानि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Congress-Flagमृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नपा १ चार नम्बर पिपरा चोकका राजेश सेन रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार मृतक सेन नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

प्रहरीका अनुसार मृतक सेन सााझ साढे ७ बजे कांग्रेस सम्बद्ध व्यक्तिहरुसगा नेपाली कांग्रेसको झण्डा लिएर चार नम्बरको पिपरा चोकमा बसिरहेको अवस्थामा बुटवल तर्फबाट मोटरसाइकलमा आएको दुई जना अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको  बताए ।

सााझको समयमा अध्यारो भइसकेको कारण व्यक्तिको हुलिया, मोटरसाइकल नम्बर केही पनि नखुलेको तर बाणगंगा नपा १ चार नम्बर पिपरा चोकका एक व्यक्तिलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको निमित्त प्रमुख विष्टले बताए ।

घटनामा स्थलमा ३ वटा गोलीको खोका भेटिएको छ । गोली लागेर घाइते भएका सेनको उपचारको क्रममा रातिनै लुम्बिनी अंचल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विभिन्न स्रोतबाट प्राप्त सुचनाको आधारमा घटनाको विभिन्न कोणबाट थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment