Comments Add Comment

मानुषी र जेकेन्द्रले गरे ‘जनवादी’ बिहे, बिहे खर्च पुस्तकालयलाई

Manusi-And-Jakendra-shrestha

१ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई छोरी मानुषी भट्टराई र जेकेन्द्र श्रेष्ठले जनवादी विवाह गरेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराई निवास सानेपामा शनिबार मानुषी र जेकेन्द्रबीच विवाह भएको हो । तनहुँ रिसिङकाम जेकेन्द्र अहिले नयाँ शक्तिमा क्रियाशील छन् ।

विवाह समारोहमा दुई परिवारका सदस्यहरुका साथै दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, नायिका रेखा थापा लगायतको उपस्थिति थियो ।

Manusi-And-Jakendra-shrestha-1

विवाह समारोहमा बेहुली भट्टराईले सम्बोधन गरिन् । उनले आफ्नो विवाह खर्च ५० हजार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई प्रदान गरिन् । ५० हजारको भौचर जनार्दन ढुंगानालाई हस्तान्तरण गरिएको छ ।

यस्तै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका पूर्व जनसेनाकी छोरी फुर्मी तामाङको अध्ययनका लागि ३० हजार सहयोग गरेकी छन् । यो रकम फर्मीकी आमा सूचनालाई प्रदान गरिएको थियो । साथै उनले आगामी दिनमा पनि उनको अध्ययनमा सहयोग गर्ने बचन दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment