२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री आनन्द पोख्रेल आइतबार लुम्बिनी जाँदैछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन उनीहरु लुम्बिनी जान लागेका हुन् ।
ओली र पौडेलका साथमा पर्यटन मन्त्रालयका सचिव पनि छन् ।
प्रधानमन्त्री ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन उदघाटन गर्ने र मायादेवी मन्दिरको अवलोकनपछि पूजाआजा गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।