Comments Add Comment

कतारमा ‘भ्यालेन्टाइन डे’को अवसरमा लाइभ कन्सर्ट

घनश्याम पराजुली 

valentine day night in doha (1)दोहा । प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर कतारमा एलजी नाईट लाईभ कन्र्सट भएको छ । लाईभ कन्सर्टका लागि नेपालबाट पप गायिका तृष्णा गुरुङ्ग कतार आएकी थिईन । दोहाको सालिमार प्यालेसमा शुक्रबार संघर्ष व्याण्ड कतारको बजोड प्रस्तुती सहित कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ पुस्ताका युवाहरु माझँ चर्चित हुदै गएकी गायिका तृष्णाले कतारमा दरिलो स्थान बनाउन सफल बनिन्  । उनले ‘मायामा केवल मायामा ‘ र ‘सम्झेको बेला रमाईलो बेला , धुम्न हिडेको’ जस्ता गीत गाएर कतारको स्टेज तताएकी थिइन् । कतारमा पहिलो पटक स्थापना भएको म्युजिक व्याण्ड सघर्ष व्याण्डले भ्यालेन्टाइन डेको अवसर पारेर एलजी नाईट्स लाईभ कन्सर्टमा आफ्नो दरिलो प्रस्तुती राखेको छ ।

valentine day night in doha (3)गायक सन्तोष परियारले गाएका नेपाली र हिन्दी गीतमा दर्शकहरु नाचेर मनोरन्जन लिए । ‘छातीमा मेरो यो छोटो भोटो ‘ बोलको नेपाली गीतसँगै हिन्दी गीत ‘गेरुवा ‘ गाएका उनको प्रस्तुती हेर्न योग्य रह्यो । कार्यक्रम स्थलमा भ्यालेन्टाईन डेको दुई दिन पहिला नै युवायुवतीहरुले फेव्रवरी १४ को दिनलाई महशुष गरेको देख्न सकिन्थ्यो ।

कार्यक्रममा आधुनिक गायक तथा चितवन आईडलका रनरअप नवराज श्रेष्ठले ‘मौनतामा अल्जीरहेको एउटा जीवन’ बोलको गीत आएर आफ्नो प्रस्तुती राखे । जोडी बनेर आएका युवायुवतीहरु लक्षित गर्दै उनले गाएको ‘सारा खुसी’ बोलको गीत गाएर दर्शकहरुको मन जित्न सफल भए ।

कार्यक्रममा कतारमा बस्दै आएका गायकहरु दामोदर न्यौपाने , सारुक सुन्दास , नरेन खड्का , गौतम परियार , गायिका सोनिया पाण्डे र पाकिस्तानी गायक जावेद वाज्वाको बजोड प्रस्तुती रहेको थियो ।

valentine day night in doha (4)कार्यक्रममा नवप्रतिभा साँस्कृतिक समुह , नेपाली कला केन्द्र साथै युएण्ड आई डान्स गु्रपका कलाकारहरुको बजोड नृत्य प्रस्तुती रह्यो । कार्यक्रममा योशधा बस्नेत  र सृजना गुरुङ्गले एकल नृत्य प्रस्तुत राखेका थिए । कार्यक्रमलाई उत्तम गुरुङ्गले आयोजना गरेका हुन ।

कतारमा रकपप गायनमा आफ्नो छुट्टै पहिचान बनाईसकेको संघर्ष व्याण्डको सम्वन्यमा काठमाडौमा रहेको घर आगँन अनाथ आश्रममा सहयोग गर्ने उद्धेश्यका साथ कन्सर्ट गरिएको थियो  ।

आगामी दिनमा संघर्ष व्याण्ड कतार सहभागी हुने हरेक कार्यक्रमबाट प्राप्त आम्दानीको केही प्रतिशत रकम उक्त संस्थालाई  सहयोग गर्ने संघर्ष व्याण्डका सन्तोष परियारले बताएका छन ।

लोकदोहोरी गायिका देवीका केसीले सन्चालन गरेको कार्यक्रममा गैर आवासीय नेपाली संघका संरक्षक देवकाजी डंगोलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित दर्शकहरुलाई स्वागत गर्दै संचारकर्मी विजय अधिकारीले अनाथ आश्रमको सहयोगार्थ आयोजित यस्ता कार्यक्रमले नेपाली समाजमा प्रेरणा दिएको बताए ।

valentine day night in doha (2)कार्यक्रममा उनको स्वागत मन्तव्यसँगै प्रेरणदायी शब्दहरुले उपस्थित दर्शकहरु मन्त्रमुग्ध बनेका थिए ।  कार्यक्रममा पत्रकार रबि रोषीले मानव सेवा आश्रमको बारेमा जानकारी दिदै सहयोग कार्यमा अघी बढीरहेको बताए । उनले मानव सेवा आश्रमको सहयोग अभियानमा सबैको सहयोग मिलेकोमा खुसी व्यक्त गर्दै परोपकारी काममा अझै सहयोग मिल्ने अपेक्षा गरे ।

लाईभ कन्सर्टलाई जिवन र जोन थापा मुख्य प्रायोजक रहेका थिए । प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे लाई बिशेष गरी पश्चिमी संस्कार मनिएता पनि केही बर्षयता नेपालमा यसलाई बिशेष प्राथमिकताका साथ मनाउदै आईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment