Comments Add Comment

नेपाल र भारतबीच नौ सम्झौता

Nepal-India-Agriment

८ फागुन, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितमा नौ सम्झौता तथा समझदारी भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्री ओली र मोदीको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान भएको छ ।

सम्झौतामा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन ।

सम्झौताको अर्को बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १०१७ सम्ममा ६०० मेगावाट पुर्‍याइने छ ।

Nepal-India-Agriment-list

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment