Comments Add Comment

बौद्ध सम्मेलन भव्य बनाउन पर्यटन मन्त्रीद्धारा छलफल सुरु

९ फागुन, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले २५२६औं बुद्ध जयन्ती तथा बौद्ध सम्मेलन भव्य बनाउन सरोकारवाला पक्षसँग छलफल सुरु गरेका छन् ।

आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय रूपमा बौद्ध सम्मेलन काठमाडौंमा आयोजना गर्ने र जेठ ८ गते बुद्धजयन्ती लुम्बिनीमा मनाउने सरकारको तयारी छ ।

Ananda pokhrel (3)

मन्त्री पोखरेलले बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय स्तरमा मनाउनका लागि नेपालका रहेका बौद्ध सम्बन्धी गुरु बौद्ध गुरु तथा गुम्वा व्यवस्थापन समिति, संघ-संस्था लगायतसँग आइतबार मन्त्रालयमा छलफल गरेका हुन् ।

अझै पनि कतिपय देशमा पुस्तकहरुमा बुद्ध नेपाल बाहिर जन्मेको तथ्य भएकाले बुद्धको जन्मभूमिप्रति न्यायका लागि पनि वृहत रुपमा बौद्ध सम्मेलन मनाउनुपर्ने जरुरी भएको मन्त्री पोखरेलको भनाई छ ।

‘अमेरिकी राष्ट्रपति बाराक ओवामाले बुद्धको मुर्ति खल्तीमा बोग्दा, अरु कसैले बुद्ध नेपालको लुम्मिनीका जन्मिएका हुन भन्दा गौरव लाग्नुपर्ने अवस्था छ, तर सर्वसिद्ध कुरा गौतम बुद्ध नेपालमा जन्मिएका हुन, सम्मेलनले संसारभरी यो सन्देश दिनेछ’ मन्त्री पोखरेलले भने ।

नेपालको बुद्धिजम संसारभरिका बुद्धिष्टहरुको छाता बन्न सक्नुपर्ने भन्दै मन्त्री पोखरेलले सम्मेलनमा नेपालमा रहका बुद्धसँग सम्बन्धित सबै संघ-संस्थाहरुलाई आयोजक समितिमा सहभागित गराउने बताए ।

सरकारले १०१ मूल समारोह समिति गठन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । त्यसमध्ये २० वटा अन्तराष्ट्रिय बौद्धसम्बन्धी संस्थाहरुलाई सहभागी गराइने  छ ।

सम्मेलन सफल पार्नका लागि आफूहरुले पनि सक्ने सहयोग गर्ने बौद्ध गुरु तथा बौद्धसम्बन्धी संस्थाका प्रतिनिधिहरुले एक्यवद्धता जनाएका छन् । सरकारले सम्मेलनमा बौद्धधर्म मान्ने देशका संस्कृतिमन्त्रीलाई निम्ता गर्ने समेत तयारी रहेको छ ।

अन्तर्राष्ट्रिय रूपमा व्यापक प्रचारप्रसार र बुद्ध धर्मको महत्व र गरिमा वृद्धि गर्ने तथा सिद्धार्थ गौतमको जन्मभूमि लुम्बिनी नै भएको अन्तर्राष्ट्रियरूपमा जानकारी गराउने, बुद्ध धर्म र बौद्ध शिक्षाको अध्ययन, अनुसन्धान एवम् अन्वेषणको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा नेपाललाई विकास गर्ने बुद्धजयन्ती तथा सम्मेलनको उद्देश्य रहेको छ ।

सो उद्देश्यका साथ आगामी वैशाख शुक्ल पूणिर्माका दिन जेठ ८ गते मनाइने बुद्धजयन्तीलाई ‘लुम्बिनी, नेपाल : भगवान बुद्ध र  बौद्धदर्शनको स्रोत’ भन्ने नाराका तय गरिएको छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाउन बौद्धधर्मसँग सम्बन्धित प्रतिष्ठित संघ-संस्थाका प्रतिनिधि तथा बुद्धधर्मका अनुयायी तथा विद्वान्को सहभागिता भई कार्यपत्र प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment