Comments Add Comment

कांग्रेसको बन्दसत्रमा आर्थिक र सांगठनिक प्रतिवेदन पेश

Congress-Convention-2072

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत पहिलो दिनको बन्दसत्रमा सांगठनिक र आर्थिक प्रतिवेदन पेश भएका छन् । शनिबार बिहान नौ बजेदेखि सुरु हुने गरी बन्दसत्र स्थगित गरिएको छ ।

भृकुटीमण्डपमा सुरु बन्दसत्रमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले तयार पारेको सांगठनिक तथा कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरेको आर्थिक प्रतिवेदन पेश भएको हो ।

शनिबारको बन्दसत्र दुई चरणमा सञ्चालन हुने

शनिबारको बन्दसत्रमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठकबाट पारित पार्टीको नीति तथा कार्यक्रम पेश गर्नेछन् ।

शनिबारको बन्दसत्र दुई चरणमा हुने छ । बिहान ९ बजेदेखि १२ बजेसम्म पहिलो चरणको र २ बजेदेखि ६ बजेसम्म दोस्रो चरणको बन्दसत्र हुने कांग्रेस प्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

मध्यान्ह १२ बजेदेखि २ बजेसम्म विश्रामको समय तोकिएको छ ।

बन्दसत्रको कार्यक्रम शनिबार नै सम्पन्न गर्ने डा. रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment