Comments Add Comment

हेल्लो ! कसको कति भोट आयो ? (फोटोफिचर)

nc vonvention (4)
श्रीधर पौडेल

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत महामन्त्री र कोषाध्यक्ष पदको मतगणना अहिले पार्टी कार्यालय सानेपामा जारी छ । दुई पदमा तीन पक्षीय भिडन्त छ ।

मतगणनाले कसको राजनीतिक भविष्य कता लैजान्छ भन्ने निश्चित हुने भएकाले पनि उम्मेदवारका समर्थक, शुभेच्छुक तथा कांग्रेस कार्याकर्ता, सञ्चाकर्मी लगायतको बाक्लो उपस्थिति पार्टी कार्यालयमा देखिएको छ ।

कोषाध्यक्ष पदमा देउबा पक्षकी चित्रलेखा यादव र पौडेल पक्षकी सितादेवी यादबबीचको तीब्र प्रतिस्पर्धाले सबैलाई बढी कौताहल बनाएको छ । त्यसैले सानेपामा जम्मा भएका अधिकांश कांग्रेस कार्यकर्ता अहले फोनमा ब्यस्त देखिएका छन् । सहज सुचना प्रविधिको पहुँच दिने मोबाइलको प्रयोग सानेपामा मेलाको स्वरुपमा नै देखिएका छ ।

nc vonvention (3)आफ्ना आफन्त, पार्टीका नेता र सानेपामा उपस्थित नभएका कांग्रेका शुभेच्छुकलाई मतपरिणामबारे जानकारी दिन अधिकांश व्यस्त देखिन्छन् ।

कसैले एसएमएसबाट त कसैले फोनमार्फत मतपरिणामबारे जानकारी दिइरहेका छन् । मतगणना स्थलमा रहेका प्रतिनिधिमार्फत ताजा मतपरिणाम लिनेको संख्या पनि उच्च छ ।

सामाजिक सञ्जालमा मतपरिणाम अपडेट गर्ने, नेताहरुसँग सामुहिक फोटो सेसेन गर्नेदेखि सेल्फी फोटो खिच्ने कार्यकर्ताको पनि कमी देखिएको छैन ।
nc vonvention (11)
कोही फोनमार्फत खुसी व्यक्त गर्दैछन् भने कोही निरासा । निवार्चनमा पुरानो निवार्चन प्रणाली प्रयोग गरेर आलोचना खेपेको कांग्रेसका कार्याकर्ता भने मोबाइल प्रविधिको उपयोगमा अभ्यस्त देखिएका छन् ।

nc vonvention (1)

nc vonvention (2)

nc vonvention (14)

nc vonvention (12)

nc vonvention (26)

nc vonvention (28)

nc vonvention (19)

nc vonvention (27)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment