+
+
Shares

पुनर्निर्माण प्राधिकरणमा २६ सयलार्इ जागिर खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ५ गते १८:४५

५ चैत, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले करिब २६ सय प्राविधिकका लागि नयाँ जागिर खुलाएको छ । शहरी विकास तथा भवन निर्माण विभागले पुनर्निर्माण प्राधिकरणमा काम गर्नका लागि भन्दै शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर आवेदन दिन आहृवान गरेको हो ।

job-vacancyप्राधिकरणले आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर गरी २५ सय ७१ जना माग गरेको हो । जसमध्ये १३ सय ४६ जना इन्जिनियर, ६ सय ५० जना सब इन्जिनियर र ५ सय ७५ जना असिस्टेन्ट माग गरिएको छ ।

प्राधिकरणमा जागिर खान इच्छा भएका इन्जिरियरिङका विद्यार्थीहरुले अनलाइनमार्फत १५ दिनभित्र शहरी विकास तथा भवन निर्माणमा आवेदन दिन सक्नेछन् । जागिर खान इच्छुकहरुले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर अन्तवार्ता दिए पुग्छ । लिखित परीक्षा दिइरहनु पर्नेछ ।

सरकारी तवरबाट एकैपटक यतिधेरै प्राविधिकका लागि दरखास्त आहृवान गरिएको सम्भवतः यो पहिलोपटक हो । आवेदनका लागि माग गरिएका प्राविधिकहरुले इन्जिनियरहरुले सरकारी अनुदान लिएर बनाइने निजी भवनको प्राविधिक जाँच र प्रमाणीकरणको काम गर्नुपर्नेछ ।

त्यसैगरी, उनीहरुले घर निर्माणका लागि सरकारी अनुदान लिने भूकम्प पीडितको घरको डिजाइन स्वीकृत, प्रमाणीकरण र भुक्तानीका लागि सिफारिस गर्नुपर्ने हुन्छ ।

प्राधिकरणले फागुन ३० गतेदेखि दोलखाको सिंगटीबाट भूकम्प पीडितलाई घर बनाउन नगद अनुदान वितरण सुरु गरिसकेको छ । त्यसअघि नै माघ २ गतेदेखि रानीपोखरी र बुङमतीबाट पुनर्निर्माण महाअभियानको सुरु गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा प्राधिकरणको उपस्थिति सुरु भएसँगै प्राधिकरणले कर्मचारीको माग गरेको हो । प्राधिकरण गठन भएको तीन महिनाभन्दा बढी भए पनि दरबन्दी अनुसार कर्मचारी नहुँदा अझै पनि प्रभावकारीरुपमा पुनर्निमाणको काम सुरु हुन सकेको छैन ।

सूचना पढ्नुस्

MOTD'-s-notice2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?