नायिका दीपिका पादुकोण आफ्नो हलिउड प्रोजेक्ट ‘ट्रिपल एक्स द रिटर्न अफ एक्सजेन्डर केज’ छाडेर श्रीलंका पुगिन् । श्रीलंकामा आफ्नो नजिकका साथीको बिहेमा पुगेकी दीपिकासँगै उनका प्रेमी रणवीर सिंह पनि पुगेका थिए । रणवीर र दीपिकाले संगीत सेरोमोनीदेखि बिहेसम्मका पल एकसाथ बिताए ।
सो समयमा रणवीर र दीपिकाले खुबै मस्ती गरेको तस्बिर अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । दीपिकाले आफन्तसँग रणवीरको परिचय पनि गराएकी थिइन् ।
आफूहरु साथी मात्र भएको बताएपनि दीपिका र रणवीर एकसाथ हिड्न भने छाडेका छैनन् । सो बिहेमा दीपिकाले आफ्ना चर्चित गीतहरुमा रणवीरसँग नृत्य पनि गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4