Comments Add Comment

चलचित्र चलाउन ठूला ब्यानर बिदा नै खोज्छन्

rekha and priyanka
भारतको मुख्य तिन बिदा, इद, दिवाली र क्रिसमस ३ खानले कब्जा गरेका छन् । सलमान खान इदमा, साहरुख दिवालीमा र आमिर खान क्रिसमसमा आफ्नो चलचित्र लगाउँछन् । कुनै बर्ष यो सेड्यूल हेरफेर भएका पनि छन्, तर अधिकांश बर्ष ३ खानकै बर्चस्वमा छन् यी तिन पर्व ।

लामो बिदाको समयमा चलचित्र चलाउँदा त्यसले निर्मातालाई फाइदा राम्रै हुन्छ । यसैले पनि होला, बलिउडमा ३ खानका चलचित्र जस्तो कमाई अरु कलाकारको चलचित्रले गरेको पाइदैन ।

बिदामा नै चलचित्र चलाउने र राम्रो कमाई गर्ने चलन बलिउडमा मात्र होइन नेपालमा पनि छ । नेपालमा पनि ठूला र चलेका ब्यानरले सकेसम्म बिदाकै समयमा चलचित्र चलाउने गरेका छन् । नेपालमा नयाँ बर्ष, तीज, दशै, तिहार, माघे संक्रान्ती, फागू पूणिर्मा लगायतका बिदामा चलचित्र चलाउन निर्माताहरु अगाडि सर्छन् । तर, यस्ता बिदा चलेका, चल्तीका निर्माता र बाठाहरुकै हातमा मात्र गएको देखिन्छ ।

निर्माता छविराज ओझाले श्रावण २८ गतेलाई तोकेको आफ्नो चलचित्र ‘किस्मत २’को प्रदर्शन मिति दसैमा नै सारेका छन् । उनका अधिकांश चलचित्र कि त तिहारमा कि त नयाँ बर्षको छेको पारेर प्रदर्शनमा आएका छन् । यसैले पनि उनका चलचित्रले राम्रो कमाई गरेको पाइन्छ ।

श्रावण महिनामा छवि ढुक्क हुन नसक्नुको कारण हो, कम बिदा । बिदा कम पर्दा चलचित्रको कमाई कम हुन्छ र यसले आफ्नो करिअरमा पनि धक्का लाग्छ भन्ने सोच छविको हुनसक्छ ।

गतबर्ष पनि उनले आफ्नो चलचित्र ‘लज्जा’लाई तिहारमा र ‘हवल्दार सुन्तली’लाई नयाँ बर्षको छेकोमा रिलिज गरेका थिए । निर्माता तथा निर्देशक विकास आचार्य पनि आफ्नो चलचित्र नयाँ बर्षको छेकोमा प्रदर्शन गर्न अग्रसर हुन्छन् । उनले बनाएको ‘नाई नभन्नु ल’का सिरिजहरु नयाँ बर्षको छेको वा बिदामा नै रिलिज भएका छन् ।

नायिका रेखा थापाले पनि चलचित्र रिलिज गर्दा मुख्य चाडपर्व नै हेरेकी छिन् । रेखा प्राय चलचित्र दसैंमा रिलिज गर्न अग्रसर भएको पाइन्छ । यो बर्ष भने उनको ‘रामप्यारी’ चैत्रको अन्तिम साता नयाँ बर्षको बिदा खाने दाउका साथ रिलिज हुँदैछ ।
तीजको बिदा होस् या माघे संक्रान्तीको, दर्शक हलमा आउँछन् भन्ने सोचले निर्माताहरु पहिले नै डेट बुक गर्छन् । अहिले त के सम्म प्रचलन आइसक्यो भने, चलचित्रको छायांकन सुरु नुहँदै फलानो मिति मेरो भनेर बुक गर्ने ।

आउँदो बर्षका अधिकांश डेटहरु बुक भैसकेका छन् । यस्ता मिति बुक गर्नेमा नेपालका चल्तीका भनिएका ब्यानर नै अग्रसर छन् । साना र खासै नाम नसुनिएका, कलाकार पनि खासै नचलेका लिएर बनाइएका निर्माता भने कि एकदिन शनिबारको बिदामै चित्त वुझाउछन् कि त कुनै न कुनै वितरकको नजिक पुगेर जुधाइमा पर्छन् । हल कती पाइन्छ र कती कमाइन्छ भन्ने नजान्ने निर्माताले ठूला बिदामा ठूला ब्यानर र चलेका कलाकारको चलचित्रसँग जुधाएको पाइन्छ । यस्ता उदाहरण नेपाली चलचित्रमा प्रशस्त देखिन्छ ।

वैशाख ११ गते गएको भूकम्पका कारण धेरै निर्माताको सेड्यूल परिवर्तन भएको छ । जसले आउँदो बर्ष ठूला चलचित्रको भिडन्त, बिदामा तछाडमछाड हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment