+
+
Shares

निर्माणाधीन आयोजनाको म्याद एक बर्ष थप: प्रधानमन्त्री

१७ चैत, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन आयोजनाहरुको समयावधि एक वर्ष थप गर्ने बताएका छन् ।

‘तपाईहरुले म्याद थपको आग्रह गर्नुभएको छ, त्योे आग्रह पुरा हुन्छ । मैले यति भनिसकेपछि मन्त्रिपरिषदले दायँबायाँ कुरै आउँदैन,’ नेपाल निर्माण व्यवसायी महासंघको १८औ केन्द्रीय साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १७ गते १६:३६

federation-of-Construction

राजेन्द्र आचार्य

१७ चैत, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन आयोजनाहरुको समयावधि एक वर्ष थप गर्ने बताएका छन् ।

‘तपाईहरुले म्याद थपको आग्रह गर्नुभएको छ, त्योे आग्रह पुरा हुन्छ । मैले यति भनिसकेपछि मन्त्रिपरिषदले दायाँबायाँ गर्ने कुरै आउँदैन,’ नेपाल निर्माण व्यवसायी महासंघको १८ औ केन्द्रीय साधारणसभालाई बुधबार पूर्वी चितवनको रत्ननगरस्थित होटल स्टार बैंक्वेटमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।

उनले भूकम्प र नाकाबन्दीले गर्दा एक बर्ष म्याद थपेपनि बन्द हड्ताल गरेर निहुँ खोजे एक दिन पनि म्याद नथपिने चेतावनी दिए ।

हुलाकी मार्ग तथा ठोरी केरुङ मार्गको निर्माणको कामलाई समेत तीब्रता दिने ओलीले जानकारी दिए । भारत र चीनसँग खुला र सुमधुर सम्बन्ध कायम भएको उल्लेख गर्दै भारतसँगको असमझदारी हटेको र चीनतसँगको सम्वन्धी नयाँ उचाईमा पुगेको उनको भनाइ थियो ।

राजनीतिक अधिकारको आन्दोलन समाप्त भएकाले अबको आन्दोलन विकास निर्माणको हुनेमा प्रधानमन्त्रीले जोड दिए । उनले निर्माण व्यवसायीहरुलाई आत्मविश्वासका साथ अघि बढ्नसमेत व्यवसायीहरुलाई आग्रह गरेे ।

धरहरा बनाउने जिम्मा नेपाली जनताकै भएको दोहोर्याउँदै कुनै सरकारी राज्य कोष र विदेशीको सहयोग विनै मेरो धरहरा म बनाउँछु भन्ने अभियानमा सरिक हुन उनले आग्रह गरे ।

सो अबसरमा बोल्दै निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरद कुमार गौचनले व्यवसायीक हितको लागि सबै व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।

‘निर्माणबाट समृद्धि’ भन्ने नारा सहित बुधबारदेखि शुरु नेपाल निर्माण व्यवसायी महासंघको १८औ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोह बिहीबार चितवन घोषणापत्र जारी गर्दै सकिने छ ।

साधारणसभाको पूर्वसन्ध्यामा विहान रत्ननगरको टाँडीदेखि निम्पनीसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा हात्ती सहित बाजा एबं विभिन्न भेषभूषा तथा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । र्यालीमा महिला समूह, थारु तथा भजन समूहको सहभागिता रहेको थियो ।

साधरणसभामा देशभरीबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी १ हजार २ सय भन्दा बढी सहभागी हुने जनाइएको छ । देशभर १२ हजार ५ सयभन्दा बढी निर्माण व्यवसायीहरु महासंघमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?