+
+
Shares

गैह्रकर अवरोध हटाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १८ गते १२:२४

Sunauli-Naka
१८ चैत, काठमाडौं । वाणिज्यमन्त्री दीपक बोहोराले नेपालको निकासी व्यापार प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहयकार्य गर्ने बताएका छन् । दक्षिण एसियाली मुलुकहरुको अन्तर व्यापार वृद्धि हुन नसक्नुमा गैह्रकर अवरोध मुख्य कारण रहेको बतउँदै वस्तु व्यापारको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको दक्षिण एसियाली मुलुकमा गैह्रकर अवरोध विषयक गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री बोहराले नेपालको भारत र चीनसँग व्यापार घाटा बढ्दै गएको कारण बढ्दो व्यापार घाटालाई कम गर्न गैह्रकर अवरोध हटाउनुपर्ने बताए । यस कार्यका लागि सरकारको आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनको जोड छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले साउथ एशियन फि्र ट्रेड एगि्रमेन्ट (साफ्टा)बाट कर भन्सार प्रणालीमा पूर्ण छुट एवं सहुलियतको व्यवस्था भइरहकेो अवस्थामा पनि अन्तर सार्क मुलुकहरुबीच गैह्रकर अवरोध विद्यमान रहँदा व्यापार वृद्धि हुन नसकेको बताए । यस प्रकारको अवरोधलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा परिसंघले अध्ययन गरिरहेको उनको दाबी छ ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले ‘गैह्र कर अवरोध, चूनौती र अवसर’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै अन्तराष्ट्रिय व्यापार प्रणालीमा आएको परिवर्तनले करको दरमा कमि अएको पृष्ठभूमिमा सार्क क्षेत्रमा पनि करको दर घटेको भएता पनि गैह्रकर अवरोध नहटेसम्म व्यापार प्रवर्द्धनको सम्भावना न्यून रहने बताए ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गाना, व्यापारविद् प्रचण्डमान श्रेष्ठ तथा नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका अध्यक्ष राजन शर्माले दक्षिण एशियाली मुलुकहरुले डब्लुटिओ तथा साफ्टामा देखाएका प्रतिवद्धताअनुरुप भन्सार दरमा कम गरेजस्तै गैह्रकर अवरोधलाई हटाउन आवश्यक पूर्वसर्तहरुको कार्यान्वयनमा प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

परिसंघका उपाध्यक्ष अनुज अग्रवालले गोष्ठिमा व्यक्त भएका सुझावहरुलाई एकिकृत रुपमा अगाडी बढाई सरकारलाई आवस्यक सुझाव दिन परिसंघले आगामी दिनमा पनि निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?