Comments Add Comment

स्ववियु निर्वाचनमा होमियो क्रान्तिकारी, बिभिन्न समितिहरु गठन

Akhil-Krantikari

२४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन तयारीका लागि समितिहरु गठन गरेको छ । क्रान्तिकारीले सात प्रदेशका लागि निर्वाचन समितिहरु पनि बनाएको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले अध्यक्ष रमेश मल्लको संयोजकत्वमा ५ हजार १ सय १ सदस्यीय मूल समिति गठन गरेको छ । त्यस मातहत रहने गरी आर्थिक उपसमिति, वार्ता, तथ्यांक अनुगमन, घोषणापत्र निर्माण, प्रचार प्रसार, स्वयंसेवक परिचालन लगायतका ७ उपसमितिहरु समेत गठन गरिएको छ ।

यस्तै प्रदेश नम्बर एकको निर्वाचन समिति संयोजकको जिम्मेवारी चिरञ्जीवी लामिछानेलाई दिइएको छ । प्रदेश नम्बर दुईमा रामबाबु बैठा र प्रदेश नम्बर तीनमा दीपक देवकोटालाई निर्वाचन समितिको जिम्मेवारी दिइएको छ ।

त्यस्तै चार, पाँच, छ र सात प्रदेशमा क्रमशः पुरन केसी, तिलकराज भण्डारी, पञ्चा सिंह र रमेश धामी संयोजक रहेको निर्वाचन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

स्ववियु निर्वाचनको मिति घोषणा नभए पनि त्यसका लागि तयारी थालिएको अखिल क्रान्तिकारीले जनाएको छ । हरेक २-२ वर्षमा हुनुपर्ने स्ववियु चुनाव सात वर्षदेखि हुन सकेको छैन । यसपटक आउँदो वैशाख तेस्रो साता चुनाव हुने चर्चा छ ।

अबको निर्वाचनबाट देशकै नम्बर एक विद्यार्थी संगठन बन्ने क्रान्तिकारीको दाबी छ ।

‘अब हामी चुनावमा होमिइसक्यौं,’ क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष मदन अर्यालले भने, ‘छिटै चुनावको मिति घोषणा हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

क्रान्तिकारीले छिटो स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अन्य विद्यार्थी संगठनहरुलाई स्वस्थ्य प्रतिस्पर्धाको वातावरण बनाउन अपिल समेत गरेको छ ।

संस्थागत विद्यालयको शुल्क मापदण्ड कार्यान्वयन नगरिए आन्दोलनमा जाने निर्णय गर्दै त्रिभुवन विश्वविद्यालयले प्रत्येक वर्ष गर्दै आएको शुल्क बृद्धिको निर्णय खारेज गर्न पनि क्रान्तिकारीले माग गरेको छ ।

यस्तै भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुको तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment