+
+
Shares

ऋचा भन्छिन्- छोरीको कपाल मेरोजस्तै कर्ली होस्

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २६ गते १०:३८

richa-2

काठमाडौं । नेेपाली चलचित्रमा सक्रिय हुँदाहुँदै स-परिवार अमेरिका पुगेकी नायिका ऋचा घिमिरे तेस्रो सन्तानको आमा बन्ने तयारीमा छिन् ।

जेठो छोरालाई नेपालमै जन्म दिएकी ऋचाले अमेरिका पुगेपछि दोस्रो सन्तान जन्माएकी थिइन् भने अहिले छोरीको आमा बन्ने तयारीमा छिन् ।

रुपबारे वास्ता नगर्ने धारणा राख्ने ऋचा चाहन्छिन्, आफ्नो छोरीमा आत्मविश्वास होस्, भविष्यमा पुरुषमा आश्रति हुने सोच नराखोस् । पढाइमा तेज होस् भन्ने ऋचालाई छोरीको कपालचाहिँ आफ्नै जस्तै कर्ली भइदिए हुन्थ्योजस्तो लागेको छ ।

अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी ऋचासँग अनलाइनखबरले यिनै विषयमा आधारित रहेर गरेको कुराकानी यस्तो छः

अहिले मेरो स्वास्थ्य स्थिति निकै राम्रो छ । पछिल्लो ६ महिना निकै गाह्रो भयो । तर, पेटमा भएको बच्चा स्वस्थ छ । मेरो ममी योगा प्रशिक्षक हुनुहुन्छ । उहाँले नै मलाई गर्भवती महिलाले गर्नुपर्ने योगा सिकाउनुभएको छ । हरेक दिन २० देखि ३० मिनेट योगा गर्छु । ममीले हरेक आइतबार बिहान बाल्टिमोरमा योगा क्लास दिनुहुन्छ ।

महिला, बालबालिका र जनावरलाई धेरै माया

अमेरिका एउटा यस्तो देश हो । यहाँ गर्भवती महिला, जनावर र बालबालिकालाई निकै धेरै सुविधा दिइन्छ । महिला जुनसुकै देश र समुदायको होस् अमेरिकन सरकारले उपचारमा पहिलो प्राथमिकता दिन्छ ।

आफ्नो भूगोलमा भएका हरेक नागरिक स्वस्थ होऊन् भन्ने उसको मान्यता छ । को धनी, को गरिब कुनै फरक हुन्न । सबैले सम्मानपूर्वक समान अवसर पाउँछन् ।

फोनबाटै क्लास

कुनै पनि गर्भवती महिलाले आफ्नो स्वास्थ्य स्थितिबारे जान्न अस्पताल गइरहन जरुरी छैन । सामान्य अवस्थामा अमेरिकाको स्थानीय सरकारले फोन र अनलाइनबाट परामर्श दिन्छ ।

बच्चा जन्मिनुअघि फोन र अनलाइनबाटै क्लास दिइन्छ । बच्चा जन्मिनुअघिको मेन्टल सिचुएसन र बच्च्ाा जन्मेको ६ महिनासम्म आमाको मेन्टल कन्डिसनबारे धेरै चेकजाँच हुन्छ ।

सबै काम आफैं

अमेरिकामा नेपालमा झैं सुत्केरी हुँदा घरेलु सहयोगी पाउने सम्भावना कमै हुन्छ । आफ्नै कोही चिनजानको मान्छे छ भने छुट्टै कुरा, नत्र सम्भावना हुन्न । आफ्नो काम आफैं गर्नुपर्छ ।

परिवारबाट एक्लो हुने भएकाले कतिपयमा डिप्रेसनको सम्भावना हुन्छ । त्यसकारण पनि बढी केयर गर्छन् अस्पतालले ।

richa-1

जेठो छोरा स्कुल जान्छ, कान्छोछोरा मसँगै

अमेरिकामा पाँच वर्ष नपुगेको बच्चालाई स्कुल पठाउन पाइँदैन । मेरो छोरा जेठो छोरा मिजास अहिले साढे तीन वर्षको भयो दैनिक चार घन्टा स्कुलमा बिताउँछ ।

मेरो छोराले बोल्न ढिला गरेकाले डक्टरको सल्लाहमा स्कुल भर्ना गरेको हुँ । अहिले मेरो छोरा अंग्रेजी र नेपाली दुवै भाषामा कुरा गर्छ ।

हरेक बाबु आमाले आफ्नो बच्चाको नियमित स्वास्थ्य चेकजाँच गर्नैपर्छ । गरेन भने किन नगरेको भनेर प्रश्न गर्छ, यहाँको सरकारी अस्पतालले । डाक्टरले भनेको मितिमा चेकजाँच भएन भने सरकारले एक्सन लिन्छ भनेर सन्देश आउँछ ।

बच्चालाई सामान्य चोट लाग्यो भने किन, के कारण, कसरी भयो सबै खुलाउनुपर्छ ।

शंकरजी मटन र चिकेन बनाउन सिपालु

हाम्रो सानो स्टोर छ । मेरो श्रीमान निर्देशक शंकर घिमिरे हप्तामा ५ दिन काम गर्नुहुन्छ । मैले अहिले कुनै काम गरेकी छैन ।

बच्चाको स्याहार र घर सम्हाल्दासम्हाल्दै मैले काम गर्न भ्याएकी छैन । साथीले दिनरात मेहनत गरेको देख्दा मलाई पनि काम गर्न मन लग्छ । तर, अहिले मेरो बाहिर काम गर्ने अवस्था छैन ।

भेज खाना ममीले निकै मीठो बनाउनुहुन्छ । शंकरजीलाई लोकल कुखुरा र मटन मीठो बनाउन आउँछ ।

पैसा जसरी आउँछ, त्यसैगरी जान्छ

हाम्रो आम्दानी र खर्च बराबर हुन्छ । छुट्टी हुनासाथ बच्चालाई घुमाउन लैजान्छौं । घर, गाडी अरु दैनिक आइपर्ने काम गर्दा काम गर्दा पैसा खर्च हुन्छ । समग्रमा भन्ने हो भने जसरी आउँछ, त्यसैगरी जान्छ । हाम्रो परिवार पनि अलि ठूलो छ । त्यसकारण खर्च धेरै हुन्छ ।

अमेरिकामा भेदभाव पटक्कै हुन्न । भ्रूणहत्या यहाँ कसैले गर्दैन । रंग र लिंगभेदको कुरै हुँदैन । सबैको चाहना हुन्छ स्वस्थ होस् ।

नेपाली कलाकार एकै ठाउँमा

हामी नेपाली कलाकार प्रायः एकै ठाउँमा छौँ । दिलीप रायमाझी हामीभन्दा पाँच मिनेट पर हुनुहुन्छ । अरुणिमा लम्साल, उषा पौडेल, पूजा चन्द दिदी, सारंगा श्रेष्ठ, प्रेमराजा महत एकै ठाउँमा छौँ । मुकेश ढकाल र विमलेश अधिकारी पनि नजिकै हुनुहुन्छ । हामी सबै एक अर्काको सहयोगी । हरेक हप्ताजसो जमघट हुन्छ । हाम्रो आफ्नै नेपाल अमेरिकन कलाकार संघ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?