
२७ वैशाख, विराटनगर । सुनसरीको दुहबीमा पिकअप भ्यान दुर्घटना हुँदा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।
दुहबी नगरपालिका– ३ फुटानी चौकमा भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका– ८ राजाबासका ३० वर्षीय असई विरोध खतिवडाको मृत्यु भएको हो ।
इटहरी– विराटनगर सडक खण्डमा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भ्यान अयिनन्त्रित भई बारमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा भ्यानमा सवार खतिवडाको टाउको र शरीरका अन्य भागमा चोट लागेको थियो । उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।
भ्यानमा सवार उदयपुर, चौदण्डीगढी नगरपालिका– ६ का ३८ वर्षीय सुरेश कार्की र १४ वर्षीय रोजिना कार्की घाइते भएका छन् । सुरेश चालक हुन् । रोजिना चालककी छोरी हुन् ।
प्रतिक्रिया 4