Comments Add Comment

राष्ट्र बैंककै पाँच अर्ब व्याज नआउने खातामा !

NRB-Photo२९, चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न देशका ११ वटा विदेशी बैंकमा व्याज नआउने खातामा ५ अर्ब ४ करोड रुपैयाँ निक्षेप राखेको पाइएको छ ।

गत आर्थिक वर्ष २०७१/०७२ को लेखा पक्षिणका क्रममा व्याज आउने खाता हुँदा हुँदै राष्ट्र बैंकले व्याज नआउने खातामा निक्षेप राखेको पाइको महालेखा परिक्षको ५३औं प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षको प्रतिवेदनमा पनि राष्ट्र बैंकले व्याज नआउने गरी विदेशी बैंकमा निक्षेप राखेको महालेखा परिक्षकले औल्याएको थियो ।

त्यसैगरी, राष्ट्र बैंकले ०६२ देखि ०६७ सम्म अबकास पाएका कर्मचारीसँग ७२ लाख २१ हजार रुपैयाँ असूल उपर गर्नुपर्ने महालेखा परिक्षकले औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment