Comments Add Comment

विज्ञापन ब्लक गर्ने सामसुङको ब्राउजर, गुगललाई चिन्ता

samsung_galaxy_s6_स्मार्टफोनमा इन्टरनेट चलाउँदा आउने विज्ञापनको बाढी रोक्ने संघर्ष पुनः एकपटक चर्चामा आएको छ ।

सामसुङले गुगल प्ले स्टोरमा आफ्नो एक ब्राउजर एप ल्याएको छ जसले विज्ञापन रोक्नमा सहयोग गर्दछ ।

सामसुङ इन्टरनेट फोर नामक यो एप सामसुङका कुनैपनि अपरेटिंग सिस्टम भएका ग्यालेक्सी डिभाइसमा डाउनलोड गर्न सकिनेछ ।

केही महिना पहिले एप्पलले आफ्नो नयाँ अपरेटिंग सिस्टम आइओएस ९ लन्च गरेको थियो । त्यससँगै एप्पलले आफ्ना ग्राहकलाई एडब्लक फस्ट नामक एप इन्स्टल गर्ने सुविधा दिएको थियो । सामसुङले इन्टरनेट ४ नामक एपबाट पनि एप्पललकै जस्तो प्रयोगकर्तालाई इन्टरनेट चलाउँदा विज्ञापनले दिक्क पार्ने समस्याको समाधान गर्ने अस्त्र लिएर आएको हो ।

samsung_galaxy_s6_brouserसामसुङको यो एपबाट विज्ञापन रोक्नुका साथै प्राइभेट अर्थात गोप्य ब्राउजिंग पनि गर्न सकिन्छ डेस्कटप र ल्यापटपमा जस्तै । यसले तपाइँको ब्राउजिंग आनीबानीलाई ती अनलाइन कम्पनीहरुको नजरबाट बताउनेछ जसले तपाइँको ब्राउजिंग ह्याबिटका आधारमा विभिन्न खाले सूचना लिइरहेका हुन्छन् ।

साँच्चीकै गुगलका लागि भने यस्तो एप टाउको दुखाइ हुनेछ । किनकी यसले अनलाइन विज्ञापन ब्लक गर्दछ जुन गुगलको कमाइको मुख्य श्रोतको रुपमा रहेको छ । यदि स्मार्टफोन प्रयोगकर्तालाई ट्रयाक गर्न नसक्ने भयो भने त्यसबाट गुगललको अनलाइन विज्ञापन सेवाको कमाइमा प्रत्यक्ष असर पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment