१ वैशाख, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिड च्यम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।
पहिलो लेगमा जर्मन क्लब उफबर्गसँग २-०ले पराजित रियल मड्रिडलाई अन्तिम चारमा पुग्न जबरजस्त पुनरागमनको आवश्यकता थियो ।
घरेलु मैदानमा भएको खेलमा रोनाल्डोको तीन गोलसँगै रियल मड्रिडडले उल्फबर्गलाई ३-० ले हराएको छ समग्रमा ३-२ को जित हात पार्दै अन्तिम चारमा पुगेको छ ।
खेलमा रोनाल्डोले १५ औं मिनेटमा गोलको खाता खोलेको थिए । दुई मिनेट लगतै घरेलु टोलीको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा गोल गर्दै रोनाल्डोले हृयाट्रिक मात्र पुरा गरेनन्, रियल मड्रिडलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याएका छन् ।
खेलपछि रियलका प्रशिक्षक जिनेदान जिदानले रोनाल्डोले के गर्न सक्छु भन्ने देखाएको भन्दै उनी विश्वको उत्कृष्ट खेलाडी भएको बताए । ‘क्रिष्टियानोलार्इ सिंगो टिम चाहिन्छ र म पनि टिमकै बारेमा कुरा गर्न चाहन्छु किनकी यो उनीहरूले मिलेरै प्राप्त गरेका हुन्, उनले भनेका छन्, तर, उनी स्पेशल हुन् । किनकी हरेक तीन गोल गर्न सक्षम छैनन् ।’
अर्को खेलमा पेरिस सेन्ट जर्मेनलाई १-० ले पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटी पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।
पहिलो लेग २-२ को बराबरी खेलेको सिटीले घरेलु मैदानमा पीएसजीलाई १-० ले हरायो र समग्रमा ३-२ को जितका साथ अन्तिम चारमा स्थान बनाएको छ । उसको जितमा केभिन डी ब्रुआइनले गोल गरे ।
प्रतिक्रिया 4