+
+
Shares

डोटीमा जिप दुर्घटना, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते १३:००

SONY DSC

१ वैशाख, धनगढी । डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्फ  गइरहेको ना१ज ३२९४ नंको जिप गएराति जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटना राति ९ बजे भएको थियो ।

घटनामा अरु सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्रा डा जयराज पन्त, ५५ वर्षीया गुडी पन्त र ५२ वर्षीया सावित्रा पन्तको मृत्यु भएको छ । डा पन्त पद्मकन्या क्याम्पस, काठमाडौँमा प्राध्यापन गर्थे ।

यसैगरी, ६१ वर्षीय डा गणेश पन्त, ५९ वर्षीय केशवराज पन्त र ३६ वर्षीया हरिना टमटाको पनि मृत्यु भएको छ ।

घटनामा गम्भीर घाइते भएका जिपचालक डोटी जिल्लाकै वनलेक–१ का ४५ वर्षीय चेतराज बलायर र ठेगाना थाहा हुन नसकेकी अन्दाजी १७ वर्षकी जानकी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा गएराति नै मृत्यु भएको छ ।

यस्तै, घटनामा ४५ वर्षीया नवरता पन्त, ३० वर्षीय गौरव पन्त, नौ वर्षीय लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा, ३८ वर्षकै कलावती टमटा, २२ वर्षीय अनिता टमटा र धौली टमटा घाइते भएका छन् ।

घाइते सबैलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पुर्याइएकामा केही घाइतेलाई थप उपचारका लागि धनगढीतर्फ ल्याइएको छ । जिप सडकबाट झन्डै ५०० मिटर तल खसेर दुर्घटना भएको डाटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?