+
+
Shares

नयाँ वर्षको पहिलो कारोबारमा नेप्सेले नयाँ रेकर्ड राख्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २ गते १७:५८

२ वैशाख, काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ वर्ष ०७३ पनि सुखद हुने संकेत देखिएको छ । नयाँ वर्षको पहिलो कारोबारमा सेयर बजार सूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ ।

०७२ सालको अन्तिम कारोबारमा १३८८ अंकमा बिट मारेको नेप्से सूचक बिहीबार १७ अंकले बढेर १४०५.७८ अंकमा पुगेको छ । बिहीबारको यो अंक नेप्सेको इतिहासमै सबैभन्दा बढी हो । ०७२ सालमा नेप्सेले पटकपटक नयाँ रेकर्ड कायम गरेको थियो । सो वर्ष मात्रै नेप्से ४४० अंकले बढेको थियो  ।

nepse-indexबैंक तथा वित्तीय संस्थाहरुको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेपछि नेप्से उछालिएको हो । बिहीबार वाणिज्य बैंकको उपसूचक १८ अंकले बढेको छ । त्यसैगरी, विकास बैंकको २४, बीमाको साढे ५८, उत्पादनमूलकको ३२ र वित्त कम्पनी समूहको उपसूचक साढे ११ अंकले बढेको छ ।

यस्तै, होटलको २१, जलविद्युतको ७ र उत्पादनमूलक समूहको उपसूचक ३२ अंकले बढेको छ । यो दिन अन्य समूहको भने कारोबार भएन । सबै समूहगत उपसूचकहरु बढेपछि नयाँ वर्षसँगै लगानीकर्ताको उत्साह थपिएको हो ।

यो दिन १ सय २७ कम्पनीका ११ लाख ५४ हजार कित्ता सेयर ५५ करोड ९६ ५० हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?