Comments Add Comment

ओलीमाथि खनिए नेपाल र खनाल, गुटलाई काखी च्यापेको आरोप

Uml-meet

२ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले पार्टी अध्यक्षको चर्को आलोचना गरेका छन् । पार्टी र सरकार संचालनमा आफूसँग कुनै सल्लाह नै नगरेको र गुटलाई काखी च्यापेको दुबै नेताको आरोप थियो ।

तर, राष्ट्रियताको सवालमा प्रधानमन्त्री ओलीले लिएको अडानको भने दुबै नेताले खुलेर प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पार्टी र सरकार एकलौटी रुपमा चलाएको भएको भन्दै नेता खनाल र नेपाल एकठाउँमा उभिएका छन् ।

संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण र स्थानीय निकायको निर्वाचनको तयारीका सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा दुबै नेताले जोड दिएका छन् । आफू निकटस्थलाई मात्र च्यापेर हिंड्न खोजे प्रत्युत्पादक हुने चेतावनी समते दिएका छन् ।

नेता नेपालले नवौं महाधिवेशनमा आफू निकै कम मतको अन्तरले पराजित भएको नभुल्न अध्यक्ष ओलीलाई चेतावनी दिएका छन् । उनले अध्यक्ष ओलीमाथि पार्टी र सरकार संचालनका विषयमा आफूसँग कुनै सल्लाह नै नगरेको र त्यसकै उपज सरकार गठन भएको ६ महिना वित्दा पनि उल्लेख गर्न लायक एउटै काम गर्न नसकेको बताएका छन् ।

कालोबजारी, भ्रष्टाचार मौलाएको तथा भूकम्प प्रभावितहरुले घर बनाउनका लागि अनुदान समेत नपाएको भन्दै उनले अब जनताले उखानटुक्का पत्याएर सरकारलाई साथ नदिने टिप्पणी गरे ।

एमाले बैठकमा वरिष्ठ नेता खनाल र नेता नेपालले राष्ट्रियताको सवालमा प्रधानमन्त्री ओलीले लिएको अडानको भने खुलेर प्रशंसा गरेका छन् । संविधानका बारेमा छिमेकी मुलुकहरुलाई टिप्पणी गर्ने अधिकार नरहेको भन्दै भारतको नाकाबन्दीसामु झुक्नुको साटो चीनसँग पारवहन सम्झौता गरेर दीर्घकालीन हितको कदम चालेको बताए ।

बैठकमा उपाध्यक्ष भीम रावल, स्थायी समिति सदस्य सुवास नेम्वाङ्ग, अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा र सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले पनि बोलेका छन् । केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको अध्यक्ष ओलीले शुक्रबार जवाफ दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment