Comments Add Comment

एकहत्तर वर्षको उमेरसम्म पनि शौचालय नजाँदा…

३ वैशाख, मोरङ। ७१ वर्षको उमेरसम्ममा पनि कसैले चर्पी प्रयोग गरेन भनेको सुन्दा कसले पत्याउला र ? तर यो कुरा सत्य हो । सुन्दा अचम्म लाग्न सक्छ, मोरङ बुधनगर–९ का मिश्री शर्माले ७१ वर्षको उमेर टेके तर अहिलेसम्म शौच गर्न उनी कहिल्यै शाैचालय गएका छैनन् ।

toiletउनी मात्र होइन । शर्माजस्तै ७० वर्षका रामलाल दास, भूमिलाल यादवले पनि अझैसम्म शौच गर्न चर्पीको प्रयोग गरेका छैनन् ।

उनीहरू गाउँमा खुला ठाउँमा दिसा गर्न बन्देज लगाएपछि भने चर्पी प्रयोग गर्ने तयारीमा छन् । उनीहरुले जीवन भोगाइका क्रममा धेरै उतार–चढाव भाेगेका छन् ।  तर बल्लतल्ल ७१ वर्षको उमेरमा उनी  चर्पी प्रयोग गर्ने विचारमा छन् । सामान्य परिवारका उनीहरूमा अझै चर्पीमा शौच गरेको अनुभव छैन ।

एकहत्तर वर्षको उमेरसम्म खुला आकाशमुनि शौच गर्ने बानी बसेका उनीहरू चारैतिर घेरिएको चर्पीभित्र शौच गर्दाको अनुभव बटुल्ने इच्छा रहेको बताउछन् ।

मोरङको बुधनगर गाविसलाई २०७४ असार मसान्तभित्र खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियान सुरु भएपछि शाैचालय प्रयोगबारेकाे चेतनामा बृद्धिभएको छ ।

खोला, खोल्सी र बाँसघारीलाई दिसापिसाब गर्न काम चलाउने मोरङका राजघाट–४ चौधरी गाउँवासी यतीखेर शौचालय धाउन थालेका छन् । जसले गर्दा गाउँनै सफा भएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment