Comments Add Comment

फेसबुकमा आफ्नै फोटो ट्याग गर्दा जेलको बास

A man is silhouetted against a video screen with an Facebook logo as he poses with an Dell laptop in this photo illustration taken in the central Bosnian town of Zenica

फेसबुकमा ट्यागिंग गर्नु निकै सामान्य कुरा हो । साथीहरुको ग्रुप फोटोमा आफुलाई ट्याग गर्नु वा अरु कसैले ट्याग गरिदिनु नयाँ होइन ।

कहिलेकाहीँ कसैले अश्लील साामग्रीहरुमा समेत ट्याग गरिदिएर आपत् पारिदिएको अनुभव पनि गर्नुभएको छ होला । फेसबुकमा अनावश्यक तथा आपत्तिजनक सामाग्रीहरु शेयर गर्ने तथा ट्याग गर्नेमाथि पुलिसले कारवाही गरेको पनि अलिअलि सुनिन्छ बेला बेलामा ।

तर आफ्नै फोटोमा आफुलाई ट्याग गर्दा कसैले जेलको हावा खानुपरेको कुरा चाहीँ अहिलेसम्म सुनिएको देखिएको थिएन । बेलायतमा चाहीँ यस्तै नव आश्चर्य भएको छ । त्यहाँ फेसबुकमा आफ्ना दुइवटा फोटामा आफैलाई ट्याग गर्नु एक जना मानिसलाई यति भारी पर्यो की उनी जेल नै जानुपर्यो ।

बेलफास्टका बासिन्दा रोबर्ट डेराग । कुरा अलिक जटिल नै छ । खासमा ती युवक एक हुलदंगामा सामेल भएका रहेछन् । त्यसबेला उक्त भीडको तस्वीर मानिसहरुले फेसबुकमा शेयर गरेछन् ।

रोबर्टले फेसबुकमा शेयर गरिएका ती फोटोहरुमध्ये दुइ फोटोमा आफुलाई ट्याग गरिहाले । पुलिसले दंगाकारीहरुले खोजतलास गरिरहेको थियो । दंगाको तस्वीरमा रोबर्टले आफैलाई ट्याग गरेको पाएपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गर्यो ।

फोटो ट्याग भएसँगै २९ जना प्रहरीको टोली रोबर्टको घर पुगेर उनलाई पक्राउ गरेका हुन् । हुलदंगामा खिचिएका तस्वीरहरुमा रोबर्टले आफ्नो अनुहारमा नकाब लगाएका थिए ।

तर उनी आफैले तस्वीर ट्याग गरेपछि र लगाएका कपडाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरीले पक्राउ गरी केरकार गर्दा उनले हुलदंगाका विषयमा विभिन्न गोप्य खुलासाहरु पनि गरेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment