Comments Add Comment

कांग्रेसलाई सरकार ढाल्ने फुर्सद छैनः डा शेखर कोइराला

shekhar koirala३ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेसलाई सरकारमा जाने हतार नभएको प्रष्ट पारेका छन् । उनले पार्टीको संगठन सुदृढिकरण र भातृ संगठनको अधिवेशन चटारोमा सरकार ढाल्न कांग्रेसलाई फुर्सद नभएको बताए ।

नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ४ ले चितवनको फूलबारीमा आयोजना गरेको बधाई सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले बर्तमान सरकार इतिहासकै असफल भएकाले कांग्रेसले केहि नगरेपनि सरकार आझै ढल्ने बताए ।

नेता कोइरालाले मुलुक अब गणतन्त्र, संघीयता र धर्मनिरपेक्षबाट पछाडि र्फकन नसक्ने प्रष्ट पारे । उनले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापाले भारतीय परराष्ट्रमन्त्रीलाई ४ बूँदे ज्ञापनपत्र दिँदा मूलूकको राष्ट्रियता र सार्वभौमिकतामा त्यतिबेलै आँच पुगिसकेको आरोप लगाए ।

अब गूटबन्दी र भागबण्डाले पार्टी चल्न नसक्ने बताउँदै उनले काँग्रेसलाई एकीकृत पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment