तस्बिर आफै बोल्छ भनेजस्तै, बिहिबार काठमाण्डौको क्यूज हलमा नायक अनमोल केसी र नायिका श्रृष्टी श्रेष्ठको गजबको केमेष्ट्री देखियो । कार्यक्रममा एकसाथ बसेका अनमोल र श्रृष्टी गफमै मस्त थिए ।
श्रृष्टी नेपाली चलचित्रका लागि नयाँ हुन्, तर उनको र अनमोलको कुराकानी हेर्दा लाग्थ्यो यी दुई लामो समयदेखि एकसाथ काम गरिरहेका छन् । अन्य कलाकारसँग भन्दा श्रृष्टी अनमोलसँग बढी खुलिन् ।
हुनत, नायक केसीको यस्तो केमेष्ट्री कुनै नायिकासँग पहिलो पटक देखिएको होइन । चलचित्र ‘ड्रिम्स’ चल्दा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि यस्तै निकटता देखिएको थियो भने ‘जेरी’ नायिका आना शर्मासँग त अनमोलको प्रेम नै रहेको चर्चा थियो ।
अनमोल आफ्ना सहकर्मी नायिकासँग नजिक हुन सक्छन् भन्ने एउटा उदाहरण यो पनि हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4