Comments Add Comment

बालिकाको सामुहिक बलात्कार गर्ने मुख्य अरोपी पक्राउ

rape-of-balika-child
३ वैशाख, नवलपरासी । नवलपरासीको कावासोतीका १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका मुख्य योजनाकार कृष्ण महतो पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको टोलीले महतोलाई मोरङको विराटनगरबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

कावासोती-१३ लौखानीका कृष्ण महतोलाई आफन्तको घर लुकिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले बताए ।

अन्य दुई जना भने अझ फरार छन् । पक्राउ परेको महतोलाई शनिबार कावासोती ल्याइने र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने तिवारीले बताए ।

गत चैत्र १८ गते साँझ बालिकालाई ३ जनाको समूहले बलात्कार गरेको थियो । बालिकाको स्वास्थ्य अझै चिन्ताजनक छ ।

बलात्कारको घटनाको अभियुक्तविरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएको दुई साता बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment