Comments Add Comment

संविधान मान्य छैन भन्दै सांसदको भत्ता खाने ?

Baburam bhattrai

३ वैशाख, सप्तरी । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मधेसमा पाँच महिनासम्म चलेको आन्दोलन उपलब्धिविहीन अवस्थामा तुहिएको भन्दै यसको जवाफ कसले दिने ? भनी प्रश्न गरेका छन् ।

सप्तरीको राजविराजबाट सुरु भएको नयाँ शक्तिको मधेस जागरण अभियानको उद्घाटन कार्यक्रममा भट्टराईले आन्दोलनले कुनै किसिमको उपलब्धी हासिल नहुनु तराई/मधेसको जनताका लागि बिडम्बना भएको बताए । मधेसवादी दलका नेताहरुले संकीर्ण सोच राखेको र एक्लै आन्दोलन गर्दा सफल भइन्छ भन्दा ओलीले पछारेको उनले बताए ।

संविधान मानेकै छैन पनि भन्ने संसदमा गएर भत्ता पनि खाने ठीक नभएको भन्दै उनले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘यदि संविधानै मान्य छैन भने त्यही संविधान अन्तर्गतको संसदको भत्ता खानुको अर्थ के ?’

अहिले पनि मधेसवादी दलहरुले आन्दोलन गर्छु र त्यसको भरमा उपलब्धि हासिल हुन्छ भनेर सोचे सफल नहुने भन्दै उनले सबैलाई समेटेर आन्दोलन गर्नु पर्ने बताए । ‘पछिल्लो समयमा बढी मधेसी दल एक ठाउँमा आएका छन्’ उनले भने, ‘जबसम्म सबै एकजुट भएर आन्दोलन गरिँदैन, तबसम्म कुनै सफलता प्राप्त गर्न सकिँदैन ।’

उनले मधेसी मोर्चाले भने झैं सिंहदरबार केन्दि्रत आन्दोलन नै गर्नुपर्ने बताए । जनतालाई कुनै किसिमको दुःख दिन नहुने भन्दै उनले भने, ‘देशका शाषकहरु अन्धा भएकाले उनीहरु बस्ने ठाउँलाई नै आन्दोलनको केन्द्रबिन्दु बनाउनु जरुरी छ ।’

समावेशी समानुपातिक, सीमांकन, निर्वाचन प्रणाली र शाषकीय स्वरुपमा परिवर्तन तर, अखण्ड नेपालभित्र स्वायत्त मधेश प्रदेश खोजिनु पर्ने बताए । केपी ओली र त्यसका ब्राण्डले तराई मधेसका जनतालाई भारतीय भनेर चरित्र हत्या गरिरहेको बताउँदै उनले यसबाट नआत्तिकन अगाडि बढनुपर्नेमा जोड दिएका छन् ।

भारतसँग जोडेर आरोप लगाउँदा या पुरानो सामानमा नयाँ बिल्ला भनेर होच्याए पनि फरक नपर्ने भन्दै उनले आफू नयाँ सोंच लिएर आएको र नयाँ परिवर्तन गरेर देखाइदिने बताए । आफ्नो उद्देश्य राजनीति मात्र गर्ने नभई मुलुकलाई आर्थिक रुपमा सम्बृद्व बनाउने पनि भएकाले सफल हुने विश्वास व्यक्त गरे ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले मधेस आन्दोलनका ज्यान गुमाउनेका परिवार र घाइतेहरुलाई सम्मान गरे ।

आन्दोलनमा ज्यान गुमाएका दिलिप साहकी पत्नी पुनम, शिवशंकर दासका पिता नारायण दास र घाइते रामगमन साह र भुवनेश्वर मण्डल ‘बेलचन’लाई दोसल्ला ओढाएर सम्मान गरे । साथै जनयुद्वको समयमा ज्यान गुमाएका इनरदेव विश्वासका छोरा लव विश्वासलाई सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment