Comments Add Comment

नाक्चेनाङ्ला खोल्ने चीनसामु प्रस्ताव राख्छुः प्रचण्ड

prachanda

३ वैशाख, जुम्ला । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका बेला आफूले नाक्चेनाङ्ला नाका खोल्ने प्रस्ताव अघि सार्ने बताएका छन् ।

मुलुकको ऐतिहासिक थलो जुम्लाको सिंजाको नराकोट गाविसमा शुक्रबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रचण्डले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि नाक्चेनाङ्ला खोल्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए । ‘म आज नेपाली भाषाको उद्गमस्थल सिंजामा आइपुगेको छु,यहाँको कला, संस्कृति र खस सभ्यताको संरक्षणका लागि सरकारले कर्णाली पर्यटकीय खस सङ्ग्रहालय स्थापना गर्न पहल गर्नेछ’ उनले भने ।

यो सरकार परिवर्तन नहुने तर, कांग्रेसलाई सहभागी बनाएर अगाडि लैजाने उनको भनाइ थियो । खडेरीबाट आजित कर्णालीवासीलाई तत्कालै राहतका लागि काम गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कर्णाली लोकमार्गको स्तरोन्नतिका निम्ति पनि आफूले एक कदम अघि बढेर काम गर्ने बचन दिए ।

प्रचण्ड मुगुदेखि सिंजासम्मको स्थलगत भ्रमणमा छन् ।

आमसभामा प्रदेश नं ६ का इञ्चार्ज जनार्दन शर्माले एमाओवादीको यस प्रदेशमा बसेको बैठकले तय गरेको नीति र योजनाका निर्णयहरु सार्वजनिक गरे । कर्णाली मुलुकको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्वको बोकेको प्रदेश भएको जनाउँदै इञ्चार्ज शर्माले यसको दिगो विकासका लागि उत्तरी नाका खोल्न आवश्यक रहेको बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment