के तपाइँलाई थाहा छ फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गसँग फेसबुक एपको विशेष भर्सन छ ?
दुनियामा फेसबुक चलाउने अरु सबै डेढ अर्ब मानिसहरु सबैले प्रयोग गर्ने फेसबुक एपको थिम कलर निलो रहेको छ । तर जुकरबर्गले भने यस्तो विशेष फेसबुक एप चलाउँदछन् जुन पहेँलो रंगको छ । जुकरबर्गले चलाउने उक्त फेसबुक एपमा यस्ता विशेष फिचरहरु छन् जसका बारेमा दुनियालाई थाहा छैन ।
हालै एक फेसबुक लाइभ भिडियोका बेला जुकरबर्गले उक्त फेसबुकको विशेष भर्सनको झलक देखाएका छन् । उक्त लाइभ भिडियोमा जुकरबर्गले नयाँ स्ट्रिमिंग फिचरको बारेम बताइरहेका थिए ।
उक्त पहेँलो रंगको फेसबुकको विशेष भर्सनका नयाँ नयाँ फिचर सबै प्रयोगकर्ताको लागि जारी गर्नुअघि यसको परीक्षण गरिनेछ । विशेष पहेँलो एप जुकरबर्ग सँगै फेसबुकका अन्य केही कर्मचारीले पनि चलाउने गरेका छन् र त्यसमा नयाँ फिचर्सको परीक्षण गरिरहेका छन् ।
सामान्य फेसबुक एपको तुलनामा जुकरबर्गले चलाउने उक्त पहेँलो एप निकै शानदार छ । यो एपमार्फत फेसबुकमा जिआइएफ, लाइभ भिडियो तथा स्लाइड शो पनि पोष्ट गर्न सकिन्छ । अहिलेसम्म फेसबुक प्रयोगकर्ताले यी सबै सामाग्रीलाई सिधै आफ्नो टाइमलाइनमा सजिलो सँग शेयर गर्न सक्दैनन् ।
जुकरबर्गको पहेँलो एपमा रहेका केही विशेष फिचरहरु भने केही प्रयोगकर्ताका लागि परीक्षणका रुपमा जारी गरिसकिएकेा बताइएको छ ।
गोलाप्रथाबाट फेसबुकका केही प्रयोगकर्ताका लागि यस्ता नयाँ फिचर प्रयोग गर्न दिइएको बताइएको छ । ती प्रयोगकर्ताको अनुभव तथा सुझावको आधारमा फेसबुकले नयाँ फिचर्सहरु परिमार्जन गरी सबैलाई उपलब्ध गराउनेछ ।
जुकरबर्गले लाइभ भिडियोमा भनेका छन्, यो एपमा जुन कुरा छन् ती सबै सार्वजनिक त गरिनेछैनन् तर केही भने यसपछि सार्वजनिक गरिनेछ ।
प्रतिक्रिया 4