Comments Add Comment

अनमोल-भुवनले पाए बेलायतको भिसा, ड्रिम्सको प्रिमियर हुने

Anmol-KC-Samragyee

लन्डन । नेपाली सिने क्षेत्रका चल्तिका स्टार अनमोल केसी बेलायत आउने भएका छन् ।  अभिनेता भुवन केसी र उनका सुपुत्र अनमोल केसीको यूके भिसा लागेको छ ।

भिसा गाइड नेपालले केसी बाबु छोराको यूके भिजा आवेदन सफल भएको जनाउँदै प्रसन्नता व्यक्त गरेको छ । उनीहरु हालै रिलिज भएको सुपरहिट सिनेमा ड्रिम्सको प्रिमियरका लागि बेलायत आउन लागेका हुन् ।

उनीहरुसँगै प्रिमियरमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पनि आउने भएकी छिन् । अनमोल, भुवन र साम्राज्ञीले यूकेवासी नेपालीलाई फिल्मको शोमा आउन निम्तो दिएका छन् ।

सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी ८ मे मा दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा गर्न लागेको भुवन केसी निर्देशित फिल्म ड्रिम्स् को प्रिमियर शोमा उनीहरु आउने भएका हुन् । उक्त फिल्म १५ मेमा सफारी सिनेमा हल, ह्यारोमा समेत प्रदर्शन गर्ने तयारी छ ।

सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपनकुमार राईले बेलायतवासी नेपालीलाई फिल्म हेर्न र भुवन अनमोलसंग प्रत्यक्ष साक्षात्कारको अवसर नगुमाउन आग्रह गरेका छन् ।

फागुन २१ मा रिलिज भएको ड्रिम्स् ले दुई दिनमै यसको लगानी उठाएको थियो । फिल्ममा अनमोल, साम्राज्ञी राज्य लक्ष्मी शाह र सन्ध्या केसीको लिड रोल छ । ड्रिम्स् को सफलतासंगै यतिखेर नेपाली चलचित्र उद्योगमा भुवन केसी र अनमोल केसी चर्चाको शिखरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment