+
+
Shares

सवारी कर तिर्ने प्रक्रियामा एकद्वार प्रणाली, १० मिनेटमा नै काम हुने दाबी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ५ गते १४:५८

yatayat-byabastha-bivag-lin
५ वैशाख, काठमाडौं । आफ्नो साना तथा ठूला सवारीको कर तिर्न जाँदै हुनुहून्छ ? अब पहिले जस्तो घण्टौं समय छुट्याएर जानुपर्दैन ।  सवारीको कर तिर्न जाँदा पाँच ठाउँमा लाइन बस्दै प्रक्रिया पुरा गर्नुपर्ने झन्झट समाप्त भएको छ ।

यातायात व्यवस्था विभागको एकान्तकुनास्थित साना तथा ठूला सवारी कार्यालयले आज आइतबारदेखि कर तिर्ने प्रक्रिलाई सरलीकरण गर्दैछ । कर तिर्ने प्रक्रियाका सबै काउन्टर तथा अधिकारीहरुलाई एकद्वार प्रणलीमा ल्याइएको छ ।

कार्यालयको लेखा शाखा, राष्ट्रय बाणिज्य बैंकको काउन्टर, प्रमाणीरकण गर्ने अधिकारीको कार्यकक्ष र  नवीरकण भएको कागज जारी गर्ने काउन्टरलाई एकै प्रणलीमा ल्याएको हो । अब करको मूल्यांकन, बैंक खताका रकम जम्मा गर्ने, कर तिरेको प्रमाणीकरण गर्ने र छाप लगाउने सम्मका सबै प्रक्रियालाई एउटै डेस्कबाट गर्न सुरु गरिएको छ ।

यसअघि कर तिर्न ४ घण्टासम्म लाग्ने गरेकोमा अब १० मिनेटभित्र कर तिर्न सक्ने बनाइएको विभागका प्रवक्ता बसन्त अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । अब कर तिर्न जाँदा भौचर भर्न लेखापढी बिचौलीयाको भर पनि पर्नुनपर्ने उनको दाबी छ ।

करको मूल्यांकन र क्यास डिपोजिट एकै ठाउँमा रहेको विभागका कार्यालयका अधिकारी गणेश अर्यालले बताए ।  ‘कर तिर्न जाँदा पनि घण्टौं समय लाग्ने अवस्थालाई अन्त्य गरिएको हो’ प्रवक्ता अधिकारीले भने-‘अब कर तिर्दा सेवाग्राहीलाई ५ ठाउँमा कागज बाकेर हिँडिरहनु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?