Comments Add Comment

‘मदन-आश्रित पत्रकारिता पुरस्कार’का लागि छनोट समिति बन्यो

काठमाडौं । नेकपा एमालेेले ‘मदन-आश्रति पत्रकारिता पुरस्कार’ छनोट समिति बनाएको छ ।

Narayan-dhakalएमाले प्रचार विभागले यो बर्षदेखि दिने घोषणा गरेको यो पुरस्कारका लागि वरिष्ठ पत्रकार एंव साहित्यकार नारायण ढकालको संयोजकत्वमा छनोट समिति बनाएको हो ।

नेकपा एमालेका सचिव एंव प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबार प्रेस विज्ञप्ती जारी गरेर पुरस्कार छनोटको लागि ढकालको संयोजकत्वमा तीन सदस्सीय समिति बनाइएको जानकारी दिएका हुन् ।

समितिको सदस्यमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिब गाउँले र साहित्यकार वाशुदेव अधिकारी छन् । यो पुरस्कार प्रत्येक बर्षको जेठ ३ गते मदन-आश्रति स्मृति दिवसको दिन वितरण गरिने भएको छ । सचिव भट्टराईले प्रचार विभाग सम्हालेको दिन ‘मदन-आश्रति पत्रकारिता पुरस्कार’ पुरस्कारको घोषणा गरेका थिए ।

यो पुरस्कार जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रतिको योगदानलाई चिरस्थायी गर्न र जनताको बहुदलीय जनवाद बारेमा थप अध्ययन तथा अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यका साथ स्थापना गरिएको भट्टराईले जानकारी दिए ।

यस बर्ष ‘मदन-आश्रति पत्रकारिता पुरस्कार’को राशी एमाले निकट प्रवाशी मञ्च मलेसियाले सौजन्य गरेको छ । पुरस्कारको राशी ५० हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment