Comments Add Comment

यम बरालको अष्ट्रेलिया अनुभब : मुलुक जस्तै मान्छे र मनहरू पनि सुन्दर

yam baral

हुन त १०,१२ बर्ष अगाडि नै गायक यम बरालले अष्ट्रेलिया आएर सांगितीक कार्यक्रम प्रस्तुत गर्ने सपना साँचेका थिए । त्यतिबेला अष्ट्रेलियामा रहेका बिभिन्न संघ संस्थाहरूले उनलाई निमन्त्रणाका आस्वासनहरू पनि नदिएका होईनन् तर , त्यतिबेला ती सबै कुरामा मात्र सिमित रहे र अन्तत: दश बर्ष अगाडिको सोच यतिबेला आएर पूरा भएको छ एमको । यसपटक अष्ट्रेलियामा रहनु भएका नेपालीहरू माझ आफ्ना गीत संगीत प्रस्तुत गर्ने धोको पूरा गरे उनले । केबल दुई हप्ताका लागि अप्रिल १०, २०१६ का दिन अष्ट्रेलियाको सिड्नी उत्रे उनि ।

आफ्नो ईच्छा पूरा गरिदिएकोमा रूपन्देही सामाजिक संन्जालका अध्यक्ष राज खनाललाई धन्यबाद दिए र, अनि अष्ट्रेलियाको पहिलो  यात्रा शुरू भयो । नेपालको सुन्दर शहर ईलाममा जन्मेका ,शक्तिशाली मूलुक अमेरिकालाई पानी पंधेरो बनाएका यमको अनुभबमा अष्ट्रेलिया बिकाश र प्रगतिको चरमोत्कर्षमा पुगेको मूलुक हो । उनले आफ्नो अष्ट्रेलिया यात्राको अनुभब अनलाईनखबरसँग यसरी साटेका छन -‘ मैले यहाँ सिड्नी ,एडिलेट,ताजमानिया र मेलबर्नमा कार्यक्रम गरे । यो क्रममा मैले नेपालीहरूबाट पाएको माया,सद्भभाब ,स्नेह र साथ जिबनमा नै भूल्न सक्दिन -‘ । अष्टेलियामा बरालले दुई हप्ता बिताए ।

अब आउँदा नयाँ गीत संगीतका उपहार लिएर आउने छु -‘ यमलाई सबैभन्दा बढी अष्ट्रेलियाको सैन्दर्यताले लोभ्याएछ ।उनले बिभिन्न ठाउँमा बसेर तस्बिर खिच्नुका साथै आफ्ना केही म्यूज़िक भिडियोको दृश्यहरू पनि खिँचे । अष्ट्रेलियाका बिभिन्न शहरहरूमा छरिएर बसेता पनि नेपालीहरूको मन र भावना एउटै भएको कुरा सुनाए यमले । उनले भने -‘ पिडा र दुखमा रहेका नेपालीहरूलाई अर्कों नेपालीले सहयोग गर्ने गजबको शैली पाएँ मैले -‘ । २० बर्ष अगाडि आफूले गाएको ‘ बादलुको घुम्टोले ईलाम बजार ‘ बोलको गीतलाई अष्ट्रेलियामा रहेका सबै बर्गका नेपालीहरूले मन पराउनु भएकोमा एमले खुशी ब्यक्त गरे -‘ यो गीतलाई बिदेशमा अझै सम्झी राख्नु भएकोमा मेरो खुशीको सीमा रहेन -‘ यम दंग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment