Comments Add Comment

दुई हुण्डीवाला समातिए, पुरानो बानेश्वरबाट ‘डन’ पक्राउ

६ वैशाख, काठमाडौं । प्रहरीको एक टोलीले काठमाडौंको केशरमहलबाट सोमबार दुईजनालाई १२ लाख नगरसहित पक्राउ गरेको छ । हुण्डीको कारोबार गरेको आरोपमा उनीहरु समातिएका हुन् ।

Money Nepalकेशरमहलस्थित धरमकुमार गुरूङको देवु ट्राभल्स एजेन्सीमा हुण्डीको कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर मंगलबजार बस्ने बाँकेका ३० वर्षीय दलबहादुर पुन र काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने ५१ वर्षीय लव नेपाल छन् ।

उनीहरुका साथबाट १२ लाख नगद, ५० लाखको चेक र हुण्डीमा प्रयोग हुने सिग्नल एवं म्यासेजहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

पुरानो बानेश्वरबाट ‘डन’ पक्राउ
 
उपत्यकामा व्यवसायीहरुसँग जबरजस्ती रकम माग्ने र नदिएमा आफूले जे पनि गर्न सक्ने भन्दै धम्क्याएर हिँड्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

पुरानो बानेश्वर बस्ने ४६ वषर्ीय सत्यनारायण मानन्धर पक्राउ परेको महानगरीय अपराध महाशाखा टेकुले  जनाएको छ ।

मानन्धर ०४८ बैशाख १ गते पुरानो बानेश्वर कात्यायनीच चौक बस्ने धरानका ३० वषर्ीय काल्दिप भन्ने कालीबहादुर राईलाई भीमसेनगोलामा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा समातिएका थिए ।

घटना भएको तीन वर्षपछि ०५० असार ७ गते पक्राउ परी कर्तव्य ज्यान मुद्दामा अभियोग ठहर भएका उनी ४ वर्ष ३ महिनामै जेल सजायँ भुक्तान गरी ०५४ सालमा छुटेका थिए ।

आइतबार पक्राउ परेका मानन्धरलाई कारवाहीका लागि महाशाखाले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment