
७ वैशाख, ताप्लेजुङ । सोमबार साँझ वर्षासँगै परेको असिनाले ताप्लेजुङमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ ।
ताप्लेजुङ नगरपालीका सहित एक दर्जन वढी गाविसमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र मकै बालीमा क्षति पुर्याएको छ।
असिनाले काँक्रा, लौका, फर्सी, भिन्डी, साग, कोपी र मकै बालीमा क्षति पुर्याएको कृषकले बताएका छन् । जिल्लाको हाङ्पाङ, चाँगे, लिवाङ, खोक्लीङ, साँघु, ढुङ्गेसाँघु, तेल्लाबुङ, खाम्लुङ लगायतका गाविसमा मकै, गहुँ, तोरी र सुन्तलाको फूलमा बढी क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जानाएको छ ।
कार्यालय प्रमुख रबिन्द्र बहादुर प्रधानका अनुसार अहिले सुन्तलाको फूल फुल्ने समय भएकाले अधिकांश गाविसका कृषकले लगाएको सुन्तलाको फूल असिनाले झार्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।
असिना पानीले तरकारी बालीमा बढी क्षति पुर्याएकाले पर्याप्त विक्रीमा नआउँदा सदरमुकाममा तरकरीको भाउ बढ्ने साथै मकै, तोरी र गहुँ बालिमा पनि क्षति पुर्याएकाले यस वर्ष उत्पादनमा कमी आउन सक्ने कार्यालयले बताएको छ ।
जिल्ला कृषि विकास कार्यालयको गाउँमा रहेका शाखामार्फत क्षतिको विवरण आज विहानै देखि संकलन गर्ने काम भईरहेको कार्यालय प्रमुख प्रधानको भनाइ छ । सोमबार साँझ वर्षासँगै करीव आधा घन्टा असिना परेको थियो ।
ताप्लेजुङमा सोमबार ४२ मिलिमिटर वर्षा भएको थियो ।
करोडौंको सुन्तलाबाली तथा तरकारी बालीमा क्षति
चितवनको पहाडी गाविस दारेचोकमा सोमबार साँझ परेको असिना पानीले करौडौको फलफूल, तरकारी बाली र मकै नष्ट गरेको छ ।
करिब दुई घण्टा लगातार परेको असिनाले दारेचोकका वडा १ न २ ५ र ६ मा किसानहरुले लगाएको सुन्तलाका चिचिला नष्ट भएका छन् । यतिबेला सुन्तला फूल खेल्ने बेला हाे ।
बेच्न लैजाने बेला भएको काउली, बन्दा, टमाटर, गाजर, खुर्सानी, घिरौला, करेला, काक्रा, खुर्सानी, भण्टा, लगायतका तरकारी पूर्ण रुपमा सखाप भएको स्थानीयले बताए । ‘
खाद्यान्न बाली छाडेर सवगत लोमो समय वर्षदेखि यहाँका किसानले व्यावसायिक रुपमा सन्तला र तरकारी खेती गर्दै आएका थिए । सुन्तला र तरकारीलाई असिनाले नष्ट पारेपछि किसानले राहतको माग गरेका छन् ।
अहिले अझै कहाँ कति क्षति पुगेको छ भन्ने विवरण संकलन भईरहेको माझगाउँ माविका शिक्षक कमल गुरुङले जानकारी दिए ।
चितवनको पहाडी गाविस दारेचोकका किसानहरुको मुख्य आम्दानीको श्रोत सुन्तला तथा तरकारी खेती हो । असिना पानीले खेती नष्ट गरेपछि उनीहरु चिन्तित बनेका छन् ।
प्रतिक्रिया 4