Comments Add Comment

फरकफरक घटनामा तीनको मृत्यु

७ वैशाख, नवलपरासी । नवलपरासीमा सोमबार भएका फरकफरक घटनामा तीन जनाको मृत्यु भएको छ ।

Nawalparasiजिल्ला प्रहरी कार्यालयका अनुसार अत्यधिक मदिरा सेवन गरेर जिल्लाको बन्जरिया–९ धर्मपुरका ६२ वर्षीय रामसिंह गाहा मगरको घरमै मृत्यु भएको छ ।

यसैगरी, देवचुली नगरपालिका–१२ बस्ने २५ वर्षीय रामु भुसालले आफ्नो शरीरमा आफैँ आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठीक नभएका भुसालको शव परीक्षणपछि परिवारलाई सुम्पिएको प्रहरीले जनाएको छ ।

यस्तै, स्थानीय पिडरा खोलामा माछा मार्न गएका नवलपरासी जहदा–९ का ६० वर्षीय कोदइ हरिजनको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment