Comments Add Comment

गरिबीका कारण ५० वर्षीया वृद्धाद्वारा आत्महत्या

७ वैशाख, तनहुँ । आँवुखैरेनी नगरपालिका–६ निवासी ५० वर्षीया निरमाया खवासले आत्महत्या गरेकी छिन् ।

मृतक खवासले ज्याला मजदुरी गरी जीविका चलाउँदै आएको बताइएको छ । उनको आत्महत्याको कारण गरिबी रहेको अनुमान गरिएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी सहायक निरीक्षक खेमराज श्रेष्ठले जानकारी दिए ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–१० की एक युवतीले आत्महत्याको प्रयास गरेकी छिन् । आत्महत्या गर्न लागेको देखेपछि स्थानीयले युवतीको उद्धार गरेका थिए ।

युवतीको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment