Comments Add Comment

गृह मन्त्रालयले माग्यो सिलिङ भन्दा ५ अर्ब बढी बजेट

Home_ministry_nepal८ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयले ४७ अर्ब रुपैयाँको बजेट माग गरेको छ । यो बजेट राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई दिएको सिलिङभन्दा ५ अर्ब रुपैयाँले बढी भएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले जानकारी दिए ।

योजना आयोगले गृहमन्त्रालयलाई आर्थिक वर्ष ०७३/०७४ का लागि ४१ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट सिलिङ दिएको छ । जसमध्ये ३६ अर्ब १० करोड ४८ लाख रुपैयाँ चालु र ५ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ पुँजीगत बजेटको सिलिङ छ ।

आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयले पाएको सिलिङ चालु आर्थिक वर्षको बजेटभन्दा ०.७८ प्रतिशतमात्रै बढी भएको मन्त्रालयका व्यवस्थापन महाशाखा प्रमुख विनोद केसीले अनलाइनखबरलाई जानकारी दिए ।

चालू आर्थिक वर्षका लागि गृह मन्त्रालयले चालूतर्फ ३६ अर्ब ४६ करोड २३ लाख र पुँजीगततर्फ ५ अर्ब १० करोड ४८ लाख रुपैयाँ बजेट पाएको थियो ।  प्रहरीजस्तो संवेदनशील क्षेत्रमा बजेटको आकार १ प्रतिशत पनि नबढ्नु दुखद भएको केसीले बताए । भवन निर्माण, रासन र लुगाफाटाको लागि थप बजेट आवश्यक रहेको उनले बताए ।

‘बजेट नबढ्ने हो भने कसरी प्रहरीको विकास हुन्छ ?’ केसीले प्रश्न गरे । आगामी आर्थिक वर्षका लागि सरकारले ९ खर्ब ९ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment