Comments Add Comment

इन्टरनेट पोर्नका ७ फाइदा

loksewa computerइन्टरनेटमा पोर्न अर्थात् अश्लील सामाग्रीहरु हेर्ने क्रम विश्वमा दिन दुइगुणा, रात चौगुणा गरी बढिरहेको अवस्था छ । विश्वमा असंख्य पोर्न साइटहरु बनेका छन् । र दिनहुँ करोडौँ मानिस पोर्न सामाग्री हेर्नका लागि नै इन्टरनेट चलाउँदछन् ।

भलै कतिपय देशमा यसलाई अवैध घोषित गरेर दण्डनीय समेत बनाइएको किन नहोस् तर मानिसहरुमा अनलाइन पोर्नको शौख घट्ने कुरै भएन ।

इन्टरनेट पोर्नले विभिन्न खाले विकृती नल्याएकेा होइन र खासगरी बालबालिका र किशोर किशोरीमा यसले निकै नकारात्मक प्रभाव पारेको छ । यद्यपि इन्टरनेट पोर्नका केही फाइदा पनि छन्, जुन यसप्रकार छन्:

इन्टरनेटको विस्तार:  मानिसहरुबीच इमेल, गेमिंग या गुगलका कारण इन्टरनेट लोकपि्रय भएको होइन । ९० को दशकमा मानिसहरुलाई अनलाइनमा आउन सबैभन्दा धेरै प्रेरित गर्ने चिज पोर्न नै थियो । मानिसहरु इमेल हेर्ने, कुनै वेबसाइटबाट जानकारी लिने र पोर्न सामाग्री हेर्नका लागि इन्टरनेटको सहारा लिन्थे ।

भिडियो स्ट्रिमिंगः  भिडियो स्टि्रमिंगलाई अघि बढाउने श्रेय यु ट्युबलाइ जाँदैन । पोर्न इन्डस्ट्रीले नै सबैभन्दा पहिलोपटक वेबबेजमा पोर्न भिडियो हालेको थियो । पोर्न उद्योगबाटै ठूला टेक कम्पनीहरुलाई थाहा भयो की भिडियोमा धेरै क्षमता छ ।

स्टोरेज मार्केटः  फ्लपी डिस्कबाट सुरु भएर सिडी, डिभिडी तथा फ्लास ड्राइभसम्मको स्टोरेज डिभाइसको विस्तारमा पोर्नको ठूलो भूमिका रहेको छ । क्लाउड स्टोरेजको मामिलामा पनि पोर्न उद्योगलाई नै श्रेय जान्छ ।

जुन समयमा इन्टरनेटका स्पीड धिमा थियो पोर्न सामाग्रीलाई अनलाइनमै स्टि्रम गर्नुको साटो डाउनलोड गरेर राख्ने कुरालार्य प्राथमिकता दिइन्थ्यो । पोर्न सामाग्री भएका डिभीडी र सिडी भाडामा लिएर हेर्ने चलन एकताका खुबै चल्तीमा थियो, सम्झिनुहुन्छ ?

ब्रोडब्याण्डबाट उच्चगतिको इन्टरनेटः उच्चगतिको इन्टरनेट कनेक्सनका लागि पनि पोर्नले नै मानिसहरुलाई प्रेरित गरेको हो । हाइ रिजोलुसन कन्टेन्ट हेर्नका लागि मानिसहरुलाई डायलअप कनेक्सनको साटो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट कनेक्सनमा रुची बढ्यो ।

अनलाइन भुक्तानीः  २० वर्ष पहिले अनलाइन पेमेन्टको कुरा गर्दा पनि अनौठो लाग्दथ्यो । मानिसहरु भर्चुअल्ली पैसा खर्च गर्ने कुरालाई लिएर सहज मान्दैनथे । तर पोर्न सामाग्री हेर्नका लागि अनलाइनबाटै पैसा तिर्ने कुरामा भने मानिसहरुले धक फुकाउन थाले । अन्ततः अनलाइन पेमेन्ट तथा अनलाइन कारोबारको युग सुरु भयो ।

मोबाइल इन्टरनेटः पोर्न सामाग्री हेर्ने माध्यमको रुपमा अहिले कम्प्युटरलाई स्मार्टफोनले जितिसकेको छ । अनलाइनमा रहनका लागि मोबाइल इन्टरनेट मानिसहरुको पहिलो रोजाइ बनिसकेको छ ।

भविष्य-भर्चुअल रियालीटीः  पोर्न इन्डस्ट्रीलेे पछिल्ला सबैजसो इन्टरनेट ट्रेण्डस्मा प्रभाव रहेको छ । भर्चुअल रियालिटी टेक्नोलोजीमा पनि यसको असर रहने पक्का छ ।

भर्चुअल रियालिटी हेडसेट अझै खासै लोकप्रिय हुन नसकिरहेको अवस्था छ । ठूलो पोर्न साइटहरु अब भर्चुअल रियालिटीवाला पोर्न तयार गर्नमा जुटेका छन् । त्यसैले अब यो सम्भव छ की मानिसहरुले भुर्चुअल रियालिटी ग्याजेटबाट पोनृ सामाग्री हेर्ने लहडमा भर्चुअल रियालिटी कम्पनीलाई मालामाल गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment