Comments Add Comment

घरेलुअन्तर्गत व्यावसायिक तालिम सम्पन्न

८ वैशाख, काठमाडौँ । घरेलु तथा साना उद्योग विकास समितिले उद्यमशील जनशक्ति निर्माण गर्न विभिन्न किसिमका व्यावसायिक तालिम दिँदै आएको छ ।

सिलाइ बुनाइ, प्लम्बिङ, हाउस वायरिङ्ग, मेकानिक्स, फर्निचर, पेन्टिङलगायत क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको समितिले जनाएको छ ।

समितिको केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा सञ्चालन भएको तीनमहिने आधारभूत सिलाइ कटाइ तालिम समापनको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले तालिम निकै फलदायी बनेको र यस तालिमबाट सिकेको सीपलाई जीवनसँग जोडी आयआर्जन र आत्मनिर्भरतर्फ अगाडि बढ्न प्रशिक्षार्थीलाई सुझाव दिए ।

उनले आफूले सिकेको सीपलाई अधिकतम रुपमा प्रयोग गर्ने हो भने स्वदेशमा मात्रै होइन विदेशमा समेत राम्रो आम्दानी गर्न सकिने भएकाले सिकेको सीपलाई छिटोभन्दा छिटो प्रयोगमा ल्याएर स्वरोजगार बन्न आग्रह गरे ।

समितिका उपकार्यकारी निर्देशक नीरा जोशी र सुमित्रा लामिछानेले सिकेको सीपलाई व्यवहारमा लागू गर्दै सफल उद्यमी बनेर समाजमा सकारात्मक सन्देश दिन प्रशिक्षार्थीलाई प्रेरित गरे। प्रशिक्षार्थी दुर्गा ढुङ्गानाले सो तालिम आफूहरुका लागि निकै फलदायी भएको बताउँदै आगामी दिनमा त्यसलाई प्रयोग गरी अझै अत्याधुनिक तालिम लिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment