Comments Add Comment

तिहारमा फेरि साहरुख-अजयको भिडन्त, ‘रइस र शिवाय’ जुध्ने

15Fir18-19.qxp
बलिउडका ३ खानले बर्षका मुख्य पर्व र बिदालाई आफ्नो संझन्छन् । मुख्य पर्व र लामो बिदाको समयमा यी ३ खानले चलचित्र रिलिज गर्छन् । यसपटक पनि यस्तै हुने देखिएको छ । ईदमा रिलिज हुने भनिएको साहरुख खान अभिनित चलचित्र ‘रइस’ अब तिहारमा रिलिज हुने संभावना छ । साहरुख तिहारलाई आफ्नो चलचित्र रिलिज गर्ने समय जस्तो मान्छन् । सलमानका लागि ईद र आमिरका लागि क्रिसमस पहिले नै बुक हुन्छ ।

ईदमा सलमान खानको ‘सुल्तान’का लागि समय छोडिदिएपछि साहरुखले तिहारलाई चलचित्र रिलिजका लागि सही समय संझिएका छन् । उनले आफ्ना नजिकका साथी करण जोहरसँग यो मिति मागेका हुन् । यो मितिमा करण जोहर निर्मित चलचित्र ‘ए दिल हे मुश्किल’ रिलिज हुने पक्का थियो । तर, साहरुखले मागेपछि करणले नदिने कुरै भएन  । तर, यो मितिमा यदि साहरुख आए भने उनको भिडन्त नायक अजय देवगणसँग हुने पक्का छ । अजयले पनि आफ्नो चलचित्र ‘शिवाय’का लागि यो मिति पहिले नै बुक गरेका थिए । साहरुख र अजयको भिडन्त यो पहिलो पटक भने होइन । यसअघि पनि साहरुखको ‘जब तक हे जान’ र अजयको ‘सन अफ सरदार’ जुधेका थिए ।

साहरुखको ‘रइस’ गतबर्षदेखि नै प्रतिक्षामा छ । फेरि, यो चलचित्रलाई इरोस इन्टरनेशनल र रेड चिल्ली इन्टरटेन्मेन्ट मिलेर निर्माण गरेका हुन् । यसैले पनि इरोसले अधिकांश हल हडप्ने पक्का छ । यस्तो अवस्थामा साहरुखसँग भिड्दा अजयको चलचित्रले कम हल पाउन सक्छ ।

तर, तिहारको लामो बिदामा २ एक्सनप्रधान चलचित्रको रिलिजले दुबै चलचित्रको व्यापारलाई पक्कै घाटा त पुर्‍याउनेछ । त्यो भन्दापनि साहरुख र अजयको भिडन्त यसपटक अझ वेजोड र विवादस्पद हुने देखिन्छ । किनकी, ‘रइस’मा साहरुखको लगानी छ भने ‘शिवाय’लाई अजयले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment